बाजुरा : नेकपा एमाले केन्द्रीय सदस्य नरेश कुमार रोकायाले आफ्नो गृहपालिका गौमुल गाउँपालिकामा चुनावी अभियान अगाडी बढाएका छन् । आज वडा नं.४ को केन्द्र निलासैनमा जनतासंग भेटघाट गर्दै चुनावी अभियान सुरु गरेका हुन् ।
चुनावी अभियान तथा घरदैलो कार्यक्रम लिएर गृहपालिका प्रवेश गरेका युवा नेता रोकायाले अपर बाजुराको अभियान सकाएर गृहपालिका गौमुलको तर्फबाट अभियानमा जोडिएको बताएका छन् ।
उनले आसन्न प्रतिनिनि सभा निर्वाचनमा एमालेका उम्मेदवार लाल बहादुर थापाको जित सुनिश्चित भएको दाबी समेत गरेका छन् । बाजुराका विभिन्न ठाउँमा पुगेर मतदातासंग भेटघाट गरेर आफ्नो पालिका आएका नेता रोकायाले एमालेप्रति जनताको विश्वास नघटेको बताएका छन् ।





प्रतिक्रिया