गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५१
Dho

सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु जारी

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, पुष २०, २०८०
सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु जारी

सर्लाही : सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु जारी भएको छ। एक जना युवकको ज्यान जानेगरी घटना भएपछि सर्लाही प्रशासनले बरहथवा क्षेत्रमा कर्फ्यु जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुंगामुढा प्रहार र उशृंखल गतिविधि रोक्न कर्फ्यु जारी गरेको बताए।

प्रशासनले पूर्वमा सीतपुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुलसम्म कर्फ्यु जारी गरेको छ।

कर्फ्यु आज साढे ५ बजेदेखि भोलि विहान ८ बजेसम्म रहने र उक्त समयमा सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिंलडुल गर्न कुनै प्रकारको गतिविधि गर्न नपाउने सर्लाही प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार बरहथवा नगरपालिकाको कार्यालय अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय जयशंकर साह रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया