गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३७
Dho

नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष १९, २०८०
नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। काठमाडौंमा सम्पन्न नेपाल-भारत संयुक्त आयोगक बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्री एनपी साउद र समकक्षी एस जयशंकरको सहभागितामा दुई देशबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको बताए। जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन्।

बैठकमा १३२ केभीका तीन वटा अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको प्रवक्ता राईले बताए। जसमा रसुवा-परवानीपुर, कटैया-कुशाहा र नौतनवा-मैनावार रहेका छन्। 

त्यस्तै बैठकमा भारतले भूकम्पबाट क्षति भएको संरचनाको पुनःनिर्माण गर्न एक हजार करोड सहयोगको घोषणा गरेको प्रवक्ता राईले बताए। बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा हुनुको साथै आगामी दिनमा यसलाई कसरी सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको उनले बताए।

प्रतिक्रिया