गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०२:५८

फरक पार्टी, पालिका एउटै : थापा, शाह र थापाले पाए टिकट, कडा प्रतिस्पर्धा हुने संकेत

गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ ०४, २०८२
फरक पार्टी, पालिका एउटै : थापा, शाह र थापाले पाए टिकट, कडा प्रतिस्पर्धा हुने संकेत

बाजुरा : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटै गृहपालिकाबाट ३ जनाले टिकट पाएका छन् । फरक पार्टीका तीन जना पुराना र नयाँ अनुहारले टिकट पाएसंगै चुनावी मैदानमा होमिने भएका हुन् । 

जसमा नेकपा एमालेबाट लाल बहादुर थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रकाश शाह र रास्वपाबाट हेमराज थापा उम्मेदवार बनेका छन् । थापाको बुढीगंगा नगरपालिका ३, शाहको वडा नं.६ र अर्का थापाको वडा नं.१ गृहवडा रहेको छ ।

एकै पालिकाबाट ३ जनाले टिकट पाएपछि कडा प्रतिस्पर्धा हुने सम्भवान देखिएको छ । लाल बहादुर थापा भने यस अघि २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका चर्चित विकास प्रेमि नेताका रुपमा परिचित हुन् । 

नेकपा एमाले छोडेका प्रकाश शाह एमालेबाटै २०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । भने सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्री बनेका थिए । अहिले नेकपाबाट उम्मेदवार बनेका शाह पनि जनताका माझ राम्रो प्रभाव राख्ने नेताको रुपमा परिचित छन् ।

सामाजिक अभियान्ताबाट आफ्नो छवि बनाउँदै राजनीतिकमा प्रवेश गरेका युवा थापा भने पहिलो पटक चुनाव लड्ने भएका छन् । बाजुराको विकासका निम्ति आवाज उठाउँदै सडकदेखि मन्त्रालय सम्म धाउने थापा रास्वपाबाट पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।

पुरानादेखि नयाँ अनुहार चुनावी मैदानमा उत्रिएपछि सामाजिक सञ्जालमा आआफ्नो रायसहित कस्ले बाजी मार्ला भन्ने होडबाजी चलिरहेको छ । नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्गो लगाएको छैन् ।  

प्रतिक्रिया