गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५४
Dho

बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा वडा केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष १६, २०८०
बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा वडा केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने

बाजुरा : बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा ग्रामिण सडक कालोपत्रे गर्ने भएको छ । पालिकामा नयाँ नेतृत्व आए लगत्तै गरेको निर्णयलाई कार्यान्वयन गर्दै बुढीगंगाले २ वटा सडकलाई आफ्नै लगानीमा कालोपत्रे गर्न लागिएको हो ।

वडा कार्यालय जोड्ने सडकलाई कालो पत्रे गर्न लागिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् । दुबै सडक कालोपत्रे कार्यको नगर प्रमुख बानीयाँले औपचारिक रुपमा नै शिलान्यास गरेका छन् ।

संघ र प्रदेश सरकारकै बजेटलाई मुख ताक्ने र भर पर्दा कालोपत्रे काम नै अनिश्चित हुने देखिएको निष्कर्षमा पालिका पुगेको छ । पालिकामा आउने बजेट हाललाई संघिय अनुदान नै भएपनि पूर्वाधार विकास अन्र्तगत पालिका जोड्ने सडकलाई सहज बनाउन कालोपत्रे गर्न लागिएको नगर उपप्रमुख माया कुँवरले बताएकी छन् ।
कालो पत्रेका लागि विनियोजित बजेट मध्ये केही श्रोत पालिकाको आन्तरिक पनि रहने बताइएको छ ।

तीन वटा रणनीतिक सकडलाई कालोपत्रेका लागि निर्णय गरिएपनि पहिलो चरणमा बेतालमाडौं देखि त्रिशक्ति मावि हुदै जुवापानीसम्म कालोपत्रे गरिने रुट तय गरिएको छ ।

यो रुट अन्र्तगत पालिकाको ७, ८, ९ र १० नम्बर वडाको केही भाग समेटिने छ । भने दोस्रो ताँप्रीसेरा देखि नडागसम्मको बाटो कालोपत्रे गरिने छ । यो रुटमा २ र ३ नम्बर वडा पर्नेछन् । दुबै बाटोको कालोपत्रे गर्ने लम्बाई दुरी ५।५ किलोमिटर तय गरिएको छ ।

वटै सडकको निर्माणको जिम्मा बङ्लामुखि जेवि निर्माण सेवाले लिएको छ । दुवै सडक पिच गर्नका लागि बुढीगंगाले २० करोड रकम खर्च गरिने प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथले जानकारी दिएका छन् ।

वर्षभित्र २ वटै ग्रामिण सडक करिव ५÷५ किलोमिटर  पक्की बनाउने गरि काम अगाडि बढाईएको पालिकाका इन्जिनियर उपेन्द्र साउँदले बताएका छन् । कामको प्रत्यक्ष निगरानी पनि पालिकाकै तर्फबाट राखिने बताइएको छ ।

नगरप्रमुख बानियाँले निर्वाचन पश्चात् साविकका बाह्रविस, कुल्देवमाण्डौ र बह्रमतोला गाविसका  केन्द्रसम्म पुग्ने गरि पक्की सडक निर्माण गर्ने  निर्णय गरेका थिए । सोही अनुसार पहिलो चरणमा साविकको बाह्रविस र बह्रमतोला गाविस जोड्ने सडक पिच गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

पालिका केन्द्र जोड्न सडकसम्म प्रदेश सरकारले नै कालोपत्रेको कामका लागि प्रक्रिया अघि बढाएको देखिन्छ । स्थानीय तह मध्ये आफैले सडक कालोपत्रेको कामका लागि ठेका मार्फत काम थालनी गर्ने बुढीगंगा केही मध्येमा पर्ने पालिका हो ।

प्रतिक्रिया