गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५२
Dho

नेकपा एमालेका नेता लालबहादुर थापा जनता र कार्यकर्ता भेटघाटमा व्यस्त

गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष १५, २०८०
नेकपा एमालेका नेता लालबहादुर थापा जनता र कार्यकर्ता भेटघाटमा व्यस्त

बाजुरा : नेकपा एमाले अछाम जिल्ला ईन्चार्ज लालबहादुर थापा जनता भेघाटमा बेस्त रहेका छन् । हिजोबाट गौमुल गाउँपालिकाका २ वटा वडामा कार्यकर्ता र जनतासंग भेटघाट गरिरहेका हुन् ।

बुधबार किर्तिचौर माध्यमिक विद्यालयको वार्षिक उत्सव समापन समारोह कार्यक्रमको सम्बोधन गर्नुभएको थापाले विहीबार वडा नं.४ र ५ का जनता र कार्यकर्तालाई भेटघाट गर्न गाउँ पुग्नुभएको थियो ।

पछिल्लो राजनीतिक घटनाक्रम, विकास निर्माण र देशको स्थितिबारे जनता र कार्यकर्ताका माझ राख्न गाउँ गाउँमा पुग्नु थाल्नु भएको हो । आज गौमुल गाउँपालिका ४ र ५ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका थापाले झुलाघाट चिवाभञ्ज्याङ्ग यात्राले भोलीको विकास र देशको चित्र कोर्ने काम गर्ने बताएका छन् । जनताका लागि एमालेले देखेका सपना पूरा गर्न अब केही समय मात्रै पर्खनुपर्ने बताउँदै समृद्धिको यात्रा आफूहरु निरन्तर लागेका बताए । 

कार्यक्रममा एक सिंगो परिवार नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश भएको छ । वडा नं. ५ का देवबहादुर रोकाया सहित सिंगो परिवार नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको हो ।

नवप्रवेशी सबपरिवारलाई कार्यक्रमका प्रमुख अतिथि एवं एमाले केन्द्रीय कमिटी सदस्य लालबहादुर थापा सहीतका नेताले अविर सहीतले स्वागत गरिएको थियो । वडा कमिटी अध्यक्ष कर्ण बुढाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य, अछाम जिल्ला इन्चार्ज लालबहादुर थापा रहनुभएको थियो । 

नेकपा एमाले प्रदेश कमिटी सदस्य कलक सिंह विशिष्ट अतिथि रहनुभएको थियो । भने कार्यक्रममा जिल्ला कमिटी सचिव भरत थापा, सदस्य कांसी विक, सीता थापा, गोरख बोहरा, कर्ण बुढा, तुलाराम जैशी लगायत गाउँ कमिटीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।  

प्रतिक्रिया