बाजुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराले पार्टी कार्यालय स्थापना गरेको छ । सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा शुक्रबार एक औपचारिक कार्यक्रमका बीच रास्वपा निर्वाचन आयोगका सदस्य राजबहादुर गिरी र जिल्ला संयोजक नवराज जैशीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
जिल्लामा पार्टीको गतिविधी सञ्चालन र आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी पार्टी कार्यालय स्थापना गरिएको रास्वपा बाजुराका संयोजक नवराज जैशीले बताएका छन् ।
उनका अनुुसार जिल्लामा पार्टीको बैठक अन्य दैनिक कार्य सञ्चालनमा सहजताका लागि पार्टी कार्यालय स्थापना गरेको हो । पार्टीका जिल्ला र प्रदेश निर्वाचन क्षेत्र (क) को पिलुचौर र प्रदेश निर्वाचन क्षेत्र (ख) को फालासैनमा पार्टीको सम्पर्क कार्यालय स्थापन गर्ने पनि उनले बताएका छन् ।
पार्टीको भेला तथा जनसम्पर्कका लागि दुई वटै ठाउँमा सम्पर्क कार्यालय स्थापना गर्ने जिल्ला कार्य समिति बाजुराको निर्णय भएको पार्टी संयोजक जैशीको भनाई छ । पार्टी कार्यालय स्थापनाको उद्घाटनमा पार्टीका निर्वाचन आयोगका सदस्य राजबहादुर गिरी, जिल्लाका नेता तथा कार्यकर्ताहरु सहभागीता रहेको थियो ।





प्रतिक्रिया