गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४९
Dho

शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि सबैको सामर्थ्य प्रयोग गरौं : तुलसीराम रोकाया

गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष ११, २०८०
शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि सबैको सामर्थ्य प्रयोग गरौं : तुलसीराम रोकाया

बाजुरा : जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि सबैको सामथ्र्य प्रयोग हुन आवश्यक रहेको बताएका छन् । आज कीर्तिचौर माध्यामिक विद्यालयको ४८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष एकमत भएमा चाडैं सुधार हुने उल्लेख गर्दै जिम्मेवार ढंगले सबै प्रस्तुत हुन आग्रह गरे । मान्छेमा भएको अन्तर निहित क्षमतालाई प्रस्फुटन गरी व्यतिm, परिवार, समाज र राष्ट्र परिवर्तनका लागि जसले प्रयोग गर्छ त्यसलाई मात्र शिक्षाको महत्व ग्रहण गरेको मान्न सकिने बताएका छन् । 

शिक्षक र विद्यार्थीहरुले कर्तव्य मात्र पूरा गरेमा नोकरी हुने र पूर्ण रुपमा आत्मसाथ गरेमा शिक्षक र विद्यार्थी बन्नेमा जोड दिए । 

शिक्षकले हिजो के थियो, भोली के हामीले हाँसिल गर्ने हो भन्ने कुरालाई स्मरण गर्न आग्रह गर्दै परीक्षामा पास हुने सोँच मात्र नराखी संकल्पका साथ अध्ययन गर्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको छ ।

अभिभावकहरुले आफ्नो छोराछोरी विद्यालयमा पठाएर ज्ञानी बनिसक्यो भनी नठाँनी नियमित विद्यालयमा गएर रेखदेख गर्ने बानीको विकास गर्न समेत जरुरी रहेको रोकायाले बताए । 

एक फरक प्रसंङ्गमा बाल्दैं समन्वय प्रमुख रोकायाले दोषी चस्मा लगाएर विद्यालय तथा शिक्षा क्षेत्रमा प्रवेश गर्नु भनेकै दृष्टि भ्रम मात्र भएको बताएका छन् । विभिन्न सफल तथा असफल देशको उदाहरण दिदैं एक आपसमा द्धन्द्ध गरी असल मानवको पहिचान दिन नसकिने उनेको भनाइ छ । 

सबैको योगदान इतिहाँसले दिने भएका कारण मानव भएर जन्मेपछि समाजका लागि एक पटक केही गरेरै जानुपर्ने दोहोर्याए । विद्यालयलाई राजनीतिक अखडा बनाउन खोजिनु दुर्भाग्य भएको स्मरण गराउदैं एउटै बाजा एउटै ताल सधैं नबजाएर समय अनुसार सुर ताल फेरिने बताएका छन् । 

विद्यालयलाई बालबालिकामैत्री बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विद्यालय परिवार तथा स्थानीय सरकारलाई धन्यवाद समेत दिएका थिए । 

प्रतिक्रिया