गाैमुल खबर डटकम सोमबार ०३, कार्तिक २०८२ १०:५३

काठमाण्डौं महानगरद्धारा खप्तड छेडेदहलाई एम्बुलेन्स उपहार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज ११, २०८२
काठमाण्डौं महानगरद्धारा खप्तड छेडेदहलाई एम्बुलेन्स उपहार

बाजुरा : काठमाडौं महानगरपालिकाले खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । महानगरपालिकाका तर्फबाट खप्तड छेडेदह सहीत ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको हो ।

ग्रामिण क्षेत्रको स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउन महानगरपालिकाले विगत देखि नै हरेक वर्ष एम्बुलेन्स उपहार दिने गरेको छ । महानगरपालिकाको आवश्यकता सहीतको निवेदनका आधारमा सहयोग गर्ने गरेको छ ।

यो वर्ष वितरण गरिएका ३५ मध्ये बाजुराको खप्तड छेडेदह गाउँपालिका सहीत बझाग र अछाम जिल्लाका स्थानीय तहले पनि प्राप्त गरेका छन् । एम्बुलेन्स राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको थियो । पालिका अध्यक्ष दीलबहादुर रावतले एम्बुलेन्स ग्रहण गरेका थिए ।

महानगरपालिकाको तर्फबाट सहयोग प्राप्त एम्बुलेन्स सभागृहमा औपचारिक कार्यक्रमका बीच ग्रहण गरिएको पालिका अध्यक्ष रावतले जानकारी दिएका छन् । पालिकासँग अब २ वटा एम्बुलेन्स भएका छन् । यस अघि भारतीय राजदुतावासले नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग उपहार दिएको थियो ।

पालिकाका नागरिकलाई सहज उपचार सेवा र दुर्घटना जोखमको अवस्थामा विरामी बोक्नका लागि दुई वटा एम्बुलेन्स सञ्चालन गरिनु सुखद विषय भएको पालिका अध्यक्ष दीलबहादुर रावतले बताएका छन् । अध्यक्ष रावतका अनुसार पालिकाको १ र २ वडाका लागि काँडामा एक वटा र अर्को पालिकाको केन्द्र डोगडी स्वास्थ्य चौकीमा एम्बुलेन्स राख्ने र सोही कार्यविधी मार्फत सञ्चालन गरिने जानकारी दिएका छन् ।

पालिकाले एम्बुलेन्स सेवालाई पनि स्थानीयको हकमा सार्वजनिक सवारी साधन भन्दा कम भाडामा सेवा दिने निर्णय गरेको छ । गर्भवती महिला, ७५ वर्ष माथिका जेष्ठ नागरिक, दुर्घटनामा परेका र अति विपन्न नागरिकलाई निशुल्क सेवा पनि उपलब्ध गराइने निर्णय गरिएको छ । महानगरपालिकाले एम्बुलेन्स सहीत आवश्यक औषधी र अन्य उपकरण समेत सहयोग गरेको छ । 

प्रतिक्रिया