गाैमुल खबर डटकम शनिबार ०१, कार्तिक २०८२ ०८:३९

भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै भएको जेन-जी आन्दोलनमा हुँदा ४ जनाको मृत्यु, ५० घाइते

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असोज ०९, २०८२
भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै भएको जेन-जी आन्दोलनमा हुँदा ४ जनाको मृत्यु, ५० घाइते

काठमाडौं : भारतको लद्दाखमा राज्यको माग गर्दै भइरहेको आन्दोलन बुधबार हिंसात्मक बनेपछि कम्तीमा ४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका छन् ।

हिन्दूस्तान टाइमसका अनुसार प्रदर्शनकारीले प्रहरीको गाडीमाथि ढुंगामुढा तथा आगजनी गरेपछि झडपको स्थिति बनेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले अश्रुग्यास र लाठीचार्ज गरेका छन्।

हिंसा चर्किएपछि लेहमा कर्फ्यू जारी गरिएको छ । हालसम्म स्थिति तनावग्रस्त रहेकाले प्रशासनले शान्ति कायम राख्न अपिल गरेको छ ।

प्रतिक्रिया