गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२१
Dho

भ्रष्टाचार निवारण र सुशासन देशकै एजेण्डा बन्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ११, २०८०
भ्रष्टाचार निवारण र सुशासन देशकै एजेण्डा बन्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आवश्यकता र चाहनाअनुसार विकासको प्रक्रिया अगाडि बढाउन गुणात्मक परिवर्तन आवश्यक रहेको बताएका छन्।

सोमबार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परम्परागत तरिकाले मुलुकको आवश्यकता र चाहना अनुसार विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने भएकाले त्यसमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए।

उनले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर देशकै एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने जिकिर गरे।

सरकारको पुँजीगत खर्च समग्रमा ६१ दशमलव पाँच प्रतिशतमा सीमित रहनु चिन्ताको विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसप्रति गम्भीर भएर समाधान निकाल्नुपर्ने बताउ। विकास निर्माणको कार्यमा उदाहरणीय नतिजा ल्याउने र पुँजीगत खर्च शतप्रतिशत पुर्‍याउने गरी काम गर्न प्रधानमन्त्री प्रचण्डले सबैलाई आग्रह गरे।

विकास आयोजनाहरूमा राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेहरूलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ। विकास, स्वास्थ्य शिक्षा लगायत क्षेत्रमा भएको बेथिति अन्त्य गर्न अन्तिम लडाइँ लड्न लागेको उनले बताए। प्रधानमन्त्री दाहालले कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिने भएकाले यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत अनुरोध गरे। 

प्रतिक्रिया