गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३१
Dho

ओलीले सेयर गरेको माधव नेपालसँगको तस्वीर

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ११, २०८०
ओलीले सेयर गरेको माधव नेपालसँगको तस्वीर

काठमाडौंः तस्वीर थियो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको, तर एमाले अध्यक्ष केपी ओलीले आफूसँगै बसेका माधव नेपालको तस्वीर सोमबार फेसबुकमा हाल्नु चाहिँ ‘राष्ट्रिय सम्बन्ध’ कै कुरो हुन पुग्यो ।

नहोस् पनि किन, एमाले उच्च तहका नेताहरु अनौपचारिक जमघटमा ओलीको भनाइ उद्धृत गर्ने गर्छन्, ‘त्यो माधव नेपालको मुख मैले कसरी हेर्नु ?’ नेताहरु सम्झाउँदा रहेछन्, ‘हत्तेरी, माधव नेपालले पो सोच्नुपर्ने– ओलीको मुख मैले कसरी हेर्नु ?’

राष्ट्रपति चुनावका बेला सुवास नेम्बाङको साटो नेपालको उम्मेदवारीको विकल्पबारे सोच्ने बेला ओलीले यस्तो भनेका रहेछन् । तर हिजोआज राजनीतिको हावा अर्कै छ ।

माधव नेपालको एकीकृत समाजवादीको गाडी खासै गुडेको छैन । एमालेभित्र ओलीको सर्वेसर्वा राजनीतिमा पहिरै नगए पनि साना ठूला ढुंगा खस्न थालेका छन् ।

यस्तैमा सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापति चयनका लागि बैठक थियो । समितिका सबै सदस्य बैठकमा उपस्थित हुँदा पूर्वप्रधानमन्त्रीहरु ओली र नेपालको कुर्सी सँगै राखिएको थियो । अब त हेर्दिनँ भन्दा भन्दै पनि एक अर्काको मुख हेर्नैपर्ने भयो ।

ओली र नेपालको झगडाको बीचमा प्रचण्ड पनि थपिन जाँदा नेकपा विवाद उत्कर्षमा पुग्यो । त्यही प्रतिशोधमा ओलीले संसद विघटन गरे । त्यसपछि माधवले कालान्तरमा पार्टी नै फुटाए । यसको कथा लामो छ । ओली–नेपाल व्यक्तित्व टकराव यति चुलिँदै गयो कि, यसले कुनै बेला उनीहरुबीच लामै अवधि रहेको स्नेह र सहकार्यको कथा नै बिर्साइदियो ।

तर, होइन । राजनीतिको प्लटमा कुनै पनि बेला ट्वीस्ट आउन सक्छ । जस्तो कि, ओलीले आफ्नो फेसबुक पेजमा सोमबार साँझ पोस्ट गरेका तीनवटामध्ये पहिलो तस्वीरमा उनी र माधव नेपालमात्रै छन्– मुस्काइरहेका । आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्वीर ।

ओलीले दिएको शीर्षक क्याप्सन हो यो । अरु दुई तस्वीरमा पनि उनी र नेपाल देखिन्छन्, अरुसँगै । तर तीनमध्ये पहिलो तस्वीरमा ओली र नेपालमात्रै हुनुको पछाडि एकैछिनको सन्जोग मात्रै होला कि सुविचारित छनोट ? यसको उत्तर उनीहरुले नै देलान् ।

प्रतिक्रिया