गाैमुल खबर डटकम सोमबार ०३, कार्तिक २०८२ १०:५८

भीरबाट आएको ढुङ्गा लागेर महिलाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १६, २०८२
भीरबाट आएको ढुङ्गा लागेर महिलाको मृत्यु

बाजुरा ः खप्तड छेडेदह गाउँपालिका-४ गुदुखाती खातीगाउँकी एक महिलाको भीरबाट आएको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दलु धामीकी अन्दाजी ५३ वर्षीया श्रीमति बुदीदेवी धामी रहेको वडा अध्यक्ष दलबहादुर धामीले गौमुल खबर डटकमसंग बताएका छन् ।

छेडेदह ताल नजिकैको ठुलामेला भन्ने भीर माथिबाट आएको ढुङ्गा टाउँकोमा लाग्दा शुक्रबार दिउँसो साढे दुई बजेको समय घटनास्थलमै धामीको मृत्यु भएको हो । मृतक धामी पशु चौपाय चराउन जंगल गएको पारिवारिक श्रोतले जनाएको छ । मृतककी एक छोरी ३ छोरा र श्रीमान रहेका छन् ।
 

प्रतिक्रिया