गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०७:२२

संसद् खुलाउन माओवादी लचक, विपक्षसँग छलफल गरेर अघि बढ्ने निर्णय

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ २२, २०८२
संसद् खुलाउन माओवादी लचक, विपक्षसँग छलफल गरेर अघि बढ्ने निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्र संसद्को अवरोध हटाउन लचक देखिएको छ। आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सिर्जनात्मक, रचनात्मक ढंगले संसद्को निकास निकाल्न लाग्ने निर्णय गरेको हो।

बैठकपछि बोल्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने बताए। उनले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने बताए।

उनले भने, ‘गम्भीर विषयमा छानबिन गर्न आवश्यक छ। मुख्यतया छानबिन हुनुपर्छ। व्यक्तिगतमा त्यति ध्यान छैन।’ प्रवक्ता सापकोटाले संसद्को अवरोध हटाउन निरन्तर छलफल भइरहेको पनि बताए। उनले भने,‘यसलाई सकारात्मक निकास दिनुपर्छ। सरकार पक्ष र विपक्ष पार्टीसँग पनि छलफल गर्नुपर्ने छ।

धेरै गम्भीर विषय भएकाले छानबिनका लागि एउटा बाटो बनाउनु पर्छ र सदनमा छलफलको बाटो पनि हुनुपर्छ भन्ने आजको छलफलमा निष्कर्ष निस्केको छ।’ प्रवक्ता सापकोटाले अन्य विपक्ष दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय भएको बताए।  

प्रतिक्रिया