गाैमुल खबर डटकम शनिबार २४, जेठ २०८२ ०४:३७

बाजुरामा एक थुनुवाको हृदयघातका कारण मृत्यू

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ २२, २०८२
बाजुरामा एक थुनुवाको हृदयघातका कारण मृत्यू

बाजुरा ः जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक जना थुनुवाको हृदयघातका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका-३ धनाल्तका ४२ वर्षीया जंग बहादुर रावत रहेका छन ।

उनकी श्रीमतिले अभद्र व्यवहारको मुद्धा दायर गरेका रावत हिरासतमै बिरामी भएर जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन् ।

बिरामी भएर अस्पताल लगिएका थुनवा रावतको हिजो साँझ उपचारको क्रममा मृत्यु अस्पताल स्रोतले जनाएको छ । रावत घरमा श्रीमतिसंग दैनिक झगडा गर्ने, अत्याधिक मदिरा सेवन गर्ने गरेको अन्तिममा आएर डिप्रेशनमा समेत परेका थिए । उनकी श्रीमतिले नै जाहेरी दिएर सुधारका लागि प्रहरीलाई निवेदन दिएको बुझिएको छ । 
 

प्रतिक्रिया