गाैमुल खबर डटकम शुक्रबार २३, जेठ २०८२ ०७:३२

जगन्नाथ जीप दुर्घटना : नेपाल टेलिकमका प्रमुख सहित दुई जनाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ १३, २०८२
जगन्नाथ जीप दुर्घटना : नेपाल टेलिकमका प्रमुख सहित दुई जनाको मृत्यु

बाजुरा ः जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु भएको छ ।

जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कर्मचारी रवीन्द्र धामी र जीप चालक कर्ण सिंह महताको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप सडकबाट ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले गौमुल खबर डटकमसंग बताएका छन् ।

बुढीनन्दा नगरपालिका-२ का अन्दाजी २५ वर्षका नन्द बहादुर तिरुवा र अन्दाजी २२ वर्षीया लोकेन्द्र तिरुवा रहेका छन । दुर्घटनामा घाइते अन्य दुई जनाको कोल्टी अस्पतालमा उपचारमाका लागि एम्बुलेन्स मार्फत ल्याईएको बुझिएको छ । 

प्रतिक्रिया