गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ १०:२१

गैसस महासंघको अध्यक्षमा पुनः अधिकारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख ३०, २०८२
गैसस महासंघको अध्यक्षमा पुनः अधिकारी

गैर सरकारी संस्था महासंघ बाजुराको अध्यक्षमा पुनः कृष्ण अधिकारी दोहोरीएका छन् । गैर सरकारी संस्था महासंघ बाजुराको १० औँ जिल्ला अधिवेशनबाट अधिकारी लगायतको नेतृत्व चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा मोहनराज जैशी, सचिवमा धर्मबहादुर रोकाया, उपसचिव उजा बिष्ट कोषाध्यक्ष सुशीला थापा लगायत ११ सदस्यीय समिति निर्बिरोध निवाचित भएको निर्वाचन अधिकृत मदनराज जैशीले बताएका छन् ।

सदस्यमा मान बहादुर रोकाया, रमेश सुनार, कल्पना साउँद, कुशुम शाही, कल्पना थापा (भोटे) र मान बहादुर खड्का रहेका छन । बडीमालिका नगरपालिकाको हलमा एक औपचारिक कार्यक्रमका साथ सञ्चालन गरिएको थियो ।

गैरसरकारी संस्था महासंघ बाजुराका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा सञ्चालनभएको कार्यक्रममा प्रमुख अतिथि गैसस महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई रहेका थिए ।

विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, गैसस महासंघ केन्द्रीय महासचिव देवी खड्का, उपमहासचिव भवराज रेग्मी, गैसस महासंघ सुदुरपश्चिम प्रदेश ईन्चार्ज प्रेम महर र गैसस महासंघ सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष देवी खनाल रहेका थिए ।

गैसस महासंघ बाजुराका सचिव धर्म बहादुर रोकायाले सञ्चालन गरेको कार्यक्रममा स्थानीय योजना निमार्ण र दिगो विकास प्रक्रियामा नागरिकको सहभागीता र पैरवी सम्बन्धी गैसस महासंघ सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष देवी खनालले प्रस्तुतीकरण समेत गरेका थिए ।

प्रतिक्रिया