गाैमुल खबर डटकम शनिबार १३, बैशाख २०८२ १२:५९

दक्षिण एसियाली खुला करातेँमा नेपाल पहिलो, बाजुरा एक्लैले जित्यो १२ स्वर्ण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख ०८, २०८२
दक्षिण एसियाली खुला करातेँमा नेपाल पहिलो, बाजुरा एक्लैले जित्यो १२ स्वर्ण

बाजुरा : दक्षिण एसियाली अन्तराष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल पहिलो भएको छ । दक्षिण एसीयाका सहभागि ४ देश मध्ये नेपाल सबैभन्दा बढी स्वर्ण सहीत पहिलो बनेको हो । खेलमा सहभागि भारत द्धितीय, मलेसिया तृतीय र भुटान सान्त्वना भएका छन् । प्रतियोगिता भारतको झारखण्डका बैशाख ५ देखि ७ गतेसम्म आयोजना गरिएको हो ।

कुल ९२ पदका लागि भएको खेलमा नेपाल एक्लैले स्वर्ण सहीत ५४ पदक हात पारेको छ । नेपालबाट सुदूरपश्चिम, कर्णाली र लुम्बीनी प्रदेशबाट खेलाडी सहभागि थिए । सुदूरपश्चिमबाट बाजुरा र कंचनपुर जिल्लाबाट खेलाडी थिए । बाजुरा एक्लैले १२ स्वर्ण २ रजत र १ कास्य जितेको छ । 

बाजुरा देश बाहिर इतिहासमै पहिलो पटक सहभागि भएको हो । सहभागि ८ जना खेलाडीले १६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । ती मध्ये १२ स्वर्ण २ रजत र १ कास्य सहीत पदक विहिन फर्किएका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिकाको तर्फबाट खेलाडी सहभागि गराइएको थियो । 

अन्तराष्ट्रिय चम्पियनसिन रेफ्री कमिस्नर चेतमेन सिहान  नरेन्द्र ओलीको नेतृत्वमा टोली सहभागि भएको हो । ओली केही समय देखि खप्तड छेडेदह गाउँपालिकाको खेल शिक्षकको रुपमा कार्यरत छन् । लामो समय भारतको मुम्मइमा कराते सिकाएका ओलीले प्रतियोगितामा रेफ्रीको भूमिका समेत निर्वाह गरेका थिए । 

दक्षिण एसीयाली खेलमा ओलीलाई उत्कृष्ट रेफ्री अवार्ड पनि पाएका छन् । इतिहासमै पहिलो पटक अन्तराष्ट्रिय खेलमा सहभागि हुनु नै उपलब्धीको विषय थियो, त्यसैमा गएका सबैले पदक सहित फर्किएको खबरले झनै खुसी बनाएको भन्छन्, गाउँपालिका अध्यक्ष दिलबहादुर रावत । 

खेलाडीलाई गाउँपालिकाका तर्फबाट नै लगानी सहीत पठाइएको थियो । भने पालिकाकै तर्फबाट अध्यक्ष दिलबहादुर रावत, उपाध्यक्ष विशुदेवी नाथ सहीतले औपचारिक विदाई गरेर पठाएका थिए । एक जनाले काता र फाइट गरि दुई विधामा भाग लिन पाउने नियम थियो ।

बाजुराबाट सहभागि शुशिल कठायतले ५५ केजी तौल समूहको काता र कुमुते दुबैमा स्वर्ण जिते । यस्तै ६० केजीमा अमृत बुढाले पनि दुबैमा स्वर्ण जिते । ५० केजी तौल समूहमा अमित रावतले पनि दुबैमा स्वर्ण जिते र ४५ केजी तौल समूहमा शुभम रावतले पनि दुबैमा स्वर्ण जितेका छन् । 

यस्तै महिला सहभागि तर्फ ६० केजी तौल समूहमा रमा रावतले १ स्वर्ण र १ रजत जितीन्, । ५० केजी तौल समूहमा गीता कुमारी कठायतले दुबैमा स्वर्ण जितीत् । ४५ केजी तौल समूहमा सरिता कुमारी सुनारले १ रजत १ कास्य जितीत् र ४० केजी तौल समूहमा सुरेन्द्र कुमारी रावतले १ स्वर्ण र १ रजत जितीन् । 

तीन दशकदेखि अन्तराष्ट्रिय रेफ्री र प्रशिक्षक भएर बिताएका नरेन्द्र ओलीले आफ्नो जीवनकालकै राम्रो सफलता हासिल गरेको प्रतिक्रिया दिएका छन् । धनगढीमा क्षेत्रीय छनोटको अ‍ेल खेलेर सहभागि भएका थिए । उनीहरुले पनि पदक विहिन फर्किनु नपरेको र पहिलो अवसरमै राम्रो नजिता ल्याएकोमा खुसी व्यक्त गरेका छन् ।

पछिल्लो समय सुदूरपश्चिमका दुर्गम गाउँहरुमा पनि खेल क्षेत्रको उल्लेख्य विकास भएको पाइन्छ । खेल प्रतिको युवा आकर्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा हुने सफलताले पनि प्रमाणित गरेको छ । श्रोतसाधन र सीप तथा प्रशिक्षण अभावबीच पनि युवाहरुमा खेलरुची व्यापक देखिन्छ । 

भलिबल होस्, कि फुटबल, क्रिकेट होस् कि कराते गाउँ गाउँमा आयोजना हुने गरेका छन् । राष्ट्रपति रनिङ शिल्ड बाहेक कुनै खेल आयोजना नहुने बाजुरामा केही वर्षयता गोल्डकपदेखि क्रिकेटका क्षेत्रीय खेलहरु समेत आयोजना हुने गरेका छन् । यस्तै अभ्यास र सक्रियताले खेल क्षेत्रले राम्रो स्थान लिने गरेको छ ।

प्रतिक्रिया