बाजुरा : मृगौला फेल भएर वीर अस्पतालमा भर्ना भएका सुवास सुनारलाई उपचारमा समस्या देखिएको छ । २८ वर्षकै उमेरमा दुबै मृगौला फेलभएपछि बाजुराको खप्तड छेडेदह गाउँपालिका-३ पुडाबाब्लाका सुवासलाई उपचारमा समस्या देखिएको छ ।
परिवारले आफै आर्थिक श्रोत जुटाएर उपचार गर्नसक्ने अवस्था नभएपछि सुवास वीर अस्पतालको विरामी शैयामा जीवन मरणको दोसाँधमा छन् । लामो समय परिवार पाल्न भारतको दिल्ली बसेका सुवासले दुबै मृगौला फेलभइसकेको थला परिसकेपछि मात्रै थाह पाएका हुन् ।
परिवारको आर्थिक समस्या र अभावका बीच उपचारमा समस्या देखिएको आफन्तले बताएका छन् । घर परिवारलाई दिल्लीमै काम गरेर पाल्ने गरेका सुवास आफै विरामी भएपछि घरपरिवारको पेट भोकै छ । भने उनको उपचारमा समस्या परेको छ ।
उनीसँग अब मृगौला प्रत्यारोपण गर्नु बाहेक विकल्प छैन् । हाल वीर अस्पताल काठमाडौंमा उपचार तथा डायलासिस गरिरहेका सुवासलाई ६ महिना भित्र पैसा र मृगौला तयारी राख्न डाक्टरले सुझाव दिएका छन् । ६ महिनासम्मको डाइलासिसले केही फरक देखिए भने थप जटिल हुने सुझाव डाक्टरको छ ।
आफन्तले आमाले मृगौला दान गर्ने गरि मानव अंग प्रत्यारोपण केन्द्रमा नाम दिइसकेका छन् । सरकारले निशुल्क डाइलासीस सेवा दिने भनेको छ । तर सुवासको परिवारले वीरमा सेवा लिए वापतको हप्ताको ७ हजार रुपैया तिर्नु परेको छ ।
जीवनको भिख मागिरहेका सुवासले केही समय बाँच्ने इच्छा छ, सबैले साथ सहयोग गरेर नयाँ जीवन दिन आग्रह गर्ने गरेका छन् । सुवासले आफूलाई बचाउनु । सकेको सहयोग गरिदिनु । घरपरिवार भोकै होला, त्यतापनि ध्यान दिइदिन अस्पताल पुग्ने जो कोहीसँगै सुवासले अनुरोध गर्ने गरेका छन् ।
परिवारले सुरुम घर घडेरी बेचेर ८ लाख भारु दिल्लीमै खर्च गरेका थिए । अरु नै रोग देखाउने, दैनिक उपचारका लागि मात्रै बोलाउने र पैसा मात्रै लिने गरियो, तीन महिना लामो समय अस्पतालमै बसाएर ८ लाख बढी भारु खर्च गर्नु परेको आफन्त सुन्धरा सुनारले जानकारी दिएकी छन् ।
एक महिना धनगढी स्थित नवजीवन अस्पतालमा समेत सुवासले उपचार गराएका थिए । सुवासको साथमा श्रीमती र दुईटा बच्चा छन् । अहिले सबै परिवार सुवासकै उपचारका लागि काठमाडौंमै बस्न बाध्य छन् । हालसम्म उपचारका लागि भनेर सुवासका आफन्तलाई २ लाख १० हजार बढी रकम सहयोग भएको छ । आफन्तले सबैसँग सहयोगको अपिल गरेका छन् ।
प्रतिक्रिया