गाैमुल खबर डटकम शनिबार ०६, बैशाख २०८२ ०९:२३

जगन्नाथका नवीन तीन दिनदेखि मुम्बईबाट बेपत्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख ०४, २०८२
जगन्नाथका नवीन तीन दिनदेखि मुम्बईबाट बेपत्ता

बाजुरा ः बाजुराको जगन्नाथ गाउँपालिका-१ का नवीन विक तीन दिन देखि बेपत्ता भएका छन् । भारतको मुम्बईस्थित उरननगरबाट तीन दिनदेखि बेपत्ता भएका हुन् ।

हंश विकका १८ वर्षका छोरा नवीन कामको शिलशिलामा मुम्बईमा बस्दै आएका थिए । कामका लागि मुम्बई पुगेका विक सम्पर्क बिहीन भएपछि नेपाली र आफन्तले खोजी कार्यतीव्र पारेका छन् ।

भारतीय प्रहरी समक्ष पनि निवेदन सहित खोजीका लागि उजुरी दिईएको छ । तर के कसरी बेपत्ता भएका हुन्, वा सम्पर्क बाहिर रहनुको कारण थाह नभएको बुझिएको छ ।

घर परिवारका तर्फबाट हंश विक ९३७२९४८८०७, भुवन विक ८६५२६४६५७३, नृप विक ९९६७४६८९८२ को सम्पर्क नम्बरमा फोन गर्न वा जानकारी गरीदिन अनुरोध गरेका छन् । नवीन आफन्तसँगै मुम्बईमा काम गरिरहेका थिए ।
 

प्रतिक्रिया