गाैमुल खबर डटकम मङ्गलबार २५, चैत २०८१ ०७:४७

श्रमिक वर्गहरुको बहस र पैरवी गरौं : नेता थापा

गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत २४, २०८१
श्रमिक वर्गहरुको बहस र पैरवी गरौं : नेता थापा

बाजुरा : नेकपा एमाले केन्द्रीय कमिटी सदस्य लाल बहादुर थापाले श्रम गर्ने वर्गहरुको विषयमा बहस र पैरवी गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । भूमि अधिकार तथा श्रमिक नेपाल, बाजुराको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  
आजीवन किसानको रुपमा परिचित, माटोसंग रमाउने र माटोमै पसिना बगाउने मानिस नै जमिन विहीन र माटोमाथि अपरिचित व्यक्ति जमिनको मालिक बन्ने समाजलाई बदल्न संगठनले कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेको शैदान्तिक उद्देश्य र लक्ष्य सबैले बुझ्न आवश्यक रहेको बताउँदै हलिया, खलिया र भुडे प्रथा केही उन्मुख भएपनि अझै समाजमा कायमै रहेकाले त्यसभित्र अल्झेका मानिसहरुको पहिचान गरेर संगठन मार्फत उद्धार गरी देशको सुरक्षित नागरिक बनाउँन संगठनको महत्वपूर्ण कर्तव्य रहेको थापाले बताएका छन् ।

नेकपा एमाले बाजुरा जिल्ला ईन्चार्ज एवं पूर्व सांसद समेत रहेका थापाले बारै महिना काम गरेर जमिन विहीन हुने वर्गको पहिचना गरेर उनीहरुको अधिकारका लागि लड्न संगठनलाई क्रियाशील बनाउँन आवश्यक रहेको बताए । 

भूमि अधिकार तथा श्रमिक संगठनले दुर्गम ठाउँमा रहेका हलिाय, खलिया र भूमिहीन सुकुम्बासी समुदायका मानिसहरुले अधिकारको विषयमा आवाज उठाएको सुन्ने खालको वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले भूमिहिन र सुकुम्बासी भएर बाँच्नु पर्ने अवस्थाको अन्त्य गरिनु पर्ने धारणा राखेका छन् । पार्टी सचिव काशी विकले सञ्चालन गरेको अधिवेशनले लालवीर सार्की अध्यक्ष झुपा उखेडा उपाध्यक्ष सहीत रहेको जिल्ला समिति गठन गरेको छ ।

प्रतिक्रिया