गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०२:१२

बाजुरा क्याम्पसमा नेतृत्व सर्वसम्मत, अध्यक्षमा लक्ष्मण रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १७, २०८१
बाजुरा क्याम्पसमा नेतृत्व सर्वसम्मत, अध्यक्षमा लक्ष्मण रोकाया

बाजुरा ः सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत बाजुरा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सोमबारका लागि उम्मेदवारको मनोनयन दर्ता तोकिएकोमा बाजुरा क्याम्पसका विद्यार्थी संगठनहरुले एकआपसमा भागबण्डा गरेसँगै नेतृत्व सर्वसम्मत चयन भएको हो ।

निर्वाचन समितिले सम्पूर्ण पदमा संगठनबीच सहमति भएर एक पदमा एक मात्रै उम्मेदवारी दर्ता भएको भन्दै अन्तिम नतिजा घोषणा गरेको छ । निर्वाचन समिति संयोजक सुरेशप्रसाद पण्डितले बाजुरा क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका लक्ष्मण रोकाया रहने गरी निर्विरोध नेतृत्व चयन भएको बताएका छन् ।

त्यस्तै क्याम्पस स्ववियु उपाध्यक्षमा नेविसंघका तिलकराज उपाध्याय, सचिव बल बहादुर खड्का चयन भएका छन् । त्यस्तै स्ववियु अन्य पदाधिकारीमा पनि अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीबीच भागबण्डा भएको जनाएको छ । उक्त क्याम्पसमा ४ वटा विद्यार्थी संगठनहरुले संगठन दर्ता गराएका थिए ।

त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालयकै अर्को आंगिक बडीमालिका क्याम्पसमा पनि तीनै विद्यार्थी संगठनबीच सहमति भएर नेतृत्व चयन भएको बुझिएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचन भने यहीँ चैत्र २७ गतेका लागि तोकिएको छ ।

 

प्रतिक्रिया