बाजुरा ःबाजुरामा बाघको आक्रमणबाट बादकको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदहमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । आइतबार साँझ खप्तड छेडेदह गाउँपालिका’३ धुर्ताेलाका दिल्ली बहादुर रावतका अन्दाजी ८ वर्षीय छोरा विजय रावतको मृत्यु भएको हो ।
घरबाट करिब २ किलोमिटर टाढा रहेको छानोको आँगनमा रहेको पानी धारामा बाघले आक्रमण गरेको थियो । तत्काल स्थानीयहरुले होहल्ला गरेपछि छानोदेखि करिब १५० मिटर टाढा बालकलाई छोडी बाघ भागेको र बालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारीपछि प्रहरी चौकी मौरेबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ ।
प्रतिक्रिया