बाजुरा ः पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
नेपाल पत्रकार जिल्ला शाखा, बाजुराको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषी माथि कडा कारबाहीको माग गर्दै शनिबार सदमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा विरोध प्रदर्शन गरिएको छ ।
शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडियो खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विकले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् । मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासंघ केन्दीय सर्कुलर र निर्देशन अनुसार निरन्तर लाग्नेमा जोड दिएका छन् ।
विरोधका कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, प्रेस चौतारी जिल्ला अध्यक्ष लक्ष्मीराजा पाध्याय प्रेस युनियन सचिव रामबहादुर विक लगायत नेताहरूले पत्रकार रजकलाई न्याय दिन र उनका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।
बदलिएको परिस्थितिका कारण महासंघको स्थापना दिवसका अवसरमा गर्न लागिएका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको सचिव प्रेम रौलेले बताएका छन् । आन्दोदनमा पत्रकार रजकलाई जलाएर मारेका छन् । भने अन्नपूर्ण पोस्ट, कान्तिपुर लगायतका विभिन्न मिडिया हाउस तोडफोड गरिएका छन् ।
प्रतिक्रिया