गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ११:५१

उपप्राध्यापक माथि कुटपिट गर्ने रावल कारागार चलान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत १०, २०८१
उपप्राध्यापक माथि कुटपिट गर्ने रावल कारागार चलान

बाजुरा ः त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्न नेपाल विद्यार्थी संघका नेता योगेन्द्र रावल कारागार चलान भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार पक्राउ गरेर अदालत पेस गरेको थियो। त्यसपछि उनलाई अदालतको आदेश अनुसार डिल्लीबजार कारागार चलान गरिएको सीआईबीका एसपी सुधीरराज शाहीले जानकारी दिए।

ज्यान मार्ने उद्योगमा उनीमाथि २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। जिल्ला अदालतको उक्त फैसला उच्च अदालतले पनि सदर गरेको थियो।

जिल्ला अदालत, काठमाडौँले २०८० मंसिर ७ गते चलाउनेमाथि आक्रमणमा संलग्न रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, सयुज श्रेष्ठ, रविनकुमार लामालाई दोषी ठहर गरेको थियो।

चलाउनेमाथि आक्रमणको मुख्य योजनाकार हरिप्रसाद आचार्य भने अझै पनि फरार छन्। चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै कुटपिट भएको थियो।

प्रतिक्रिया