गाैमुल खबर डटकम शुक्रबार १४, चैत २०८१ ०७:०५

दुई दिनकी सुत्केरीले दिईन एसईई परीक्षा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत ०६, २०८१
दुई दिनकी सुत्केरीले दिईन एसईई परीक्षा

बाजुरा ः बिहीबार (आज) बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट एक सुत्केरी समेत सहभागी भएकी छन् । जिल्लाको जगन्नाथ गाउँपालिका-२ की दुई दिनकी सुत्केरी अमरावती विक एसईई परीक्षामा सामेल भएकी हुन् ।

अन्दाजी २० वर्षकी सुत्केरी विक वडा नम्बर-१ मा रहेको सरस्वती माध्यमिक विद्यालय ढाँडाकोटकी नियमित विद्यार्थी हुन् ।

दुई दिनकी सुत्केरी विक पालिकाको कैलाश माध्यमिक विद्यालयको परीक्षा केन्द्र महतीबाट एसईई परीक्षा दिदैं छन् । उनी घरबाट सहज रुपमा आएर आफै एसईई परीक्षा दिई रहेकी छन् ।

प्रतिक्रिया