गाैमुल खबर डटकम मङ्गलबार ०४, चैत २०८१ १०:३७

गाईलाई कर्णाली नदीमा बगाउनमा संलग्नलाई कारबाही गरिने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत ०३, २०८१
गाईलाई कर्णाली नदीमा बगाउनमा संलग्नलाई कारबाही गरिने

बाजुरा ः जगन्नाथ गाउँपालिकामा जिउदोँ गाईलाई कर्णाली नदी कटाएर बगाउनमा संलग्नहरुलाई कारबाही गरिने भएको छ । ‘गौदान गरेको दृश्य’ भनेर विभिन्न मिडियामा व्यापक रुपमा समाचार प्रकाशन तथा प्रसारण भएपछि अहिले चर्चाको विषय बनेको छ ।

प्रतिनिधि सभामा समेत अबोध प्राणी प्रति गरिएको अमानवीय व्यवहारमा संलग्नहरुलाई कारबाही गर्न सांसदले माग गरेका छन् ।

गत शनिबार घटना बाजुरा जिल्ला जगनाथ गाउँपालिका-६ सियानी तल्लो काप्रीका स्थानीय साउने सार्कीको मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले यस्तो हर्कत गरेका थिए ।

यता प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले घटनामा संलग्नहरुलाई जिल्ला प्रशासन कार्यालयमा नै बोलाएर छलफल गरिने बताएका छन् ।

पवित्र गाईलाई पूजा गर्छौ तर गाईलाई लखेट्ने, कर्णाली पारी जबर्जस्त लखेट्नेलाई निगरानीमा राखेर प्रारम्भिक कानुनी प्रक्रिया अघि बढाएको बताएका छन् ।

स्थानीयले सामान्य तरिकाले बुझेपनि कानुन अनुसार यो कार्य निन्दनीय भएकोले गौदान गरेर नदी नै पार गराउदा कुटेर पठाउनु कुरा अस्वभाविक भएको बताएका छन् ।

‘यो कुप्रथा रोक्नका लागि हामी निरन्तर प्रयासमा छौं ‘पाध्या भन्छन्, ‘यसो गर्न हुँदैन भनेर जनचेतना फैलाउने काम व्यापक रुपमा भइरहेको छ ।’

‘गौदान’ गौदानको नाममा जिउँदै गाईलाई नदीमा लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो धर्म र परम्परा नभई अन्धविश्वास र अपराध भएको अधिकांशले टिप्पणी गरेका छन् ।

जिउँदो गाईलाई कुटी कुटी निर्ममता पूर्वक जब नदीमा बगाइयो....

प्रतिक्रिया