बाजुरा ः नेकपा (एमाले) गौमुल गाउँपालिका-४ नम्बर वडा कमिटीले पार्टीका गतिविधि वडामा नियमित सञ्चालन गरिरहेको छ । नेकपा (एमाले) आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन–८४’ केन्द्रीत ‘जरा अभियान’ मा जुटेको छ ।
प्रत्येक टोल, वडा, पालिका र जिल्ला केन्द्रीत भएर एमाले देशव्यापी रुपमा जुटिरहेको छ । देशभर वडा, पालिका, जिल्ला र प्रदेश कमिटीलाई अभियान सञ्चालनको जिम्मेवारी दिएको छ ।
केन्द्रीय सदस्यलाई समेत सम्बन्धीत जिल्लामा खटेर वडा तहैसम्म पुग्ने गरी कार्य विभाजन गरिएको छ । सोही अनुसार बाजुरा जिल्ला कमिटीले पनि पहिलो चरणमा पालिका केन्द्रीत छलफल, अन्र्तक्रिया र भेटघाटलाई अघि बढाएको छ ।
पार्टी जिल्ला कमिटीको निर्देशन अनुसार (एमाले) गौमुल गाउँपालिका-४ नम्बर वडा कमिटीले दैनिक गतिविधि सञ्चालन गरिरहेको वडा ईन्चार्ज अमर विकले बताएका छन् ।
यसअघि वडाका सबै टोलमा पुगेर संगठित सदस्यता नवीरकण, टोलका अधिवेशन सकेको वडा कमिटीले शुक्रबार पार्टी कार्यालय स्थापना, बाँकी रहेका सदस्यता नवीकरण गाउँपालिकाको केन्द्र घट्मुनामा रहेको कुमारी बैंकमा खाता समेत सञ्चालनमा ल्याएको ईन्चार्ज विकले बताएका छन् ।
पार्टी जिल्ला कमिटीको ‘मिसन–८४’ केन्द्रीत ‘जरा अभियान’ सफल पार्नका लागि सम्बन्धित टोल कमिटीलाई जिम्मेवारी समेत तोकिएको छ । उक्त जिम्मेवारी अनुसार वडा कमिटी दैनिक गतिविधिमा सक्रिय बनेको छ ।
वडा कमिटी अध्यक्ष कर्ण बुढाको अध्यक्षमा बसेको बैठकमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कलक बहादुर सिंह, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवंम् वडा ईन्चार्ज अमर विक, पूर्व जिल्ला कमिटी सदस्य वीरेन्द्र बहादुर रोकाया, गाउँ कमिटी सदस्य लगायत पार्टीका अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया