गाैमुल खबर डटकम आइतबार ०२, कार्तिक २०८२ ०२:५७

कर्मी माहुरी जस्तै संगठन बन्नुपर्ने ः ईन्चार्ज थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन १९, २०८१
कर्मी माहुरी जस्तै संगठन बन्नुपर्ने ः ईन्चार्ज थापा

बाजुरा ः नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापाले जिल्लामा रहेका सबै जनसंगठनहरुले कर्मी माहुरी जस्तै बन्न आग्रह गरेका छन् । अखिल नेपाल महिला संघ जिल्ला कमिटी बाजुराको ८ औं जिल्ला सम्मेलनको सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

जनसंगठनहरु चलायमान नभएको उल्लेख गर्दै ज्यामी माहुरी जस्तो अल्छी अरुले संघर्ष गरेर प्राप्त भएको फल सेवन गर्ने खालको किमार्थ बन्न नहुनेमा जोड दिएका छन् । मिसन ८४ का लागि ५१ प्रतिशत मत आफ्नो पक्षमा पार्नका लागि पार्टीदेखि जनसंगठन सबै मिलेर सम्भव हुने भएकोले नेता मात्र बन्ने प्रवृत्ति रहेको उल्लेख गरे ।

३३ प्रतिशत मात्र नभएर ५१ प्रतिशत हक, अधिकार महिलाहरुलाई प्राप्त हुनुपर्छ भनेर पार्टी केन्द्रदेखि आफुहरु विरुद्धमा लागिरहेको उल्लेख गरेका छन् । प्रत्येक नेता कार्यकर्ताले आफ्नो व्यक्तिगत गुणस्तर र  क्षमताको विकास गरी सक्षम र योग्य बन्न सुझाव समेत दिएका छन् ।

पार्टी निर्माणका क्रममा अनेकन दुःख खेपिएको स्मरण गर्दै त्यो बेला चुनौतीको सामना गरिएकोले हालको पार्टीलाई थप बलियो बनाउन सतिसाल जस्तै हुन अनुरोध गरेका छन् ।

कार्यक्रममा बोल्दैं अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सदस्य तथा बाजुरा ईन्चार्ज माया कुवँर खड्काले संगठन बलियो नभएमा पार्टी बलियो नहुने बताएकी छन् ।

कार्यक्रम बोल्दैं नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य सहदेव बोगटीले हिराको महत्व बुझ्न जरुरी रहेको बताएका छन् । उद्देश्य लिने कुरा ठूलो नभएर संकल्प इच्छाशक्ति लिएर निरन्तर अघि बढेमा अनुहारहरुमा उज्यालो पक्कै छाउने बताएका छन् ।

कार्यक्रममा बोल्दैं नेकपा (एमाले) केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकायाले महिलाहरुको हकहितका लागि क्रियाशील संगठनलाई बलियो बनाउन जरुरी रहेको बताएकी छन् ।

कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष झुमा चौधरी, पार्टी अध्यक्ष लालबहादुर ओली, युवा संघ सुदूरपश्चिम सहईन्चार्ज गणेश थापा लगायत नेताहरुले कार्यक्रमको सम्बोधन गरेका थिए ।

अखिल नेपाल महिला संघ बाजुराकी अध्यक्ष कोपिला सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज माया खड्का (कुँवर) प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापा प्रमुख वक्ता, केन्द्रीय सदस्य सहदेव बोगटी विशिष्ट अतिथि रहेका थिए ।

अनेमसंघ बाजुराको आठौं जिल्ला अधिवेशनमा नेकपा (एमाले) केन्द्रीय कमिटी लेखा आयोग सदस्य बसुन्धरा रोकाया, अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष झुमा चौधरी, नेकपा (एमाले)  सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओली  अतिथि रहेका थिए ।

अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टीका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, भातृ संगठनका प्रमुख तथा प्रतिनिधि सहभागी बनेका थिए । जिल्लाका ९ वटै पालिकाबाट प्रतिनिधित्व गर्दै जिल्ला अधिवेशनमा प्रतिनिधि महिलाहरु सहभागी भएका छन् ।

अनेमसंघ बाजुराकी सचिव देवु खातीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीता थापाले धन्यवाद ज्ञापन र वरिष्ठ उपाध्यक्ष तुला पाध्यायले स्वागत मन्तव्य राखेकी थिइन् । आठौं जिल्ला अधिवेशनको बन्द सत्र पार्टी कार्यालयमा सुरु भएको छ ।

 

प्रतिक्रिया