बाजुरा ः नेकपा (एमाले) आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन–८४’ केन्द्रीत ‘जरा अभियान’ मा जुटेको छ । प्रत्येक टोल, वडा, पालिका र जिल्ला केन्द्रीत भएर एमाले देशव्यापी रुपमा जुटिरहेको छ ।
देशभर वडा, पालिका, जिल्ला र प्रदेश कमिटीलाई अभियान सञ्चालनको जिम्मेवारी दिएको छ । केन्द्रीय सदस्यलाई समेत सम्बन्धीत जिल्लामा खटेर वडा तहैसम्म पुग्नेगरी कार्य विभाजन गरिएको छ ।
पार्टी जिल्ला कमिटीको निर्देशन अनुसार (एमाले) गौमुल गाउँपालिका-४ नम्बर वडा कमिटीले दैनिक गतिविधि सञ्चालन गरिरहेको वडा ईन्चार्ज अमर विकले बताएका छन् ।
यसअघि वडा कमिटी बैठकले गरेका निर्णयहरु अक्षरशः पालना गरी टोल तहका नेताहरु दैनिक गतिविधिमा सक्रिय देखिएका छन् । टोलमा पुगेर संगठित सदस्यता नवीरकण सहित टोल कमिटी गठन गरिएको ईन्चार्ज विकले बताएका छन् ।
पार्टी जिल्ला कमिटीको ‘मिसन–८४’ केन्द्रीत ‘जरा अभियान’ सफल पार्नका लागि जिम्मेवारी अनुसार वडामाका दैनिक गतिविधि सञ्चालनमा रहेका छन् ।
वडाको कौडाकोट, घोगाला, बगर, डाँडाबाडा र गदाडा लगायत सबै टोलका टोल अधिवेशनहरु सम्पन्न गरिएका छन् । टोलहरुमा भेला सहित टोल अधिवेशन गरिएका छन् ।
प्रतिक्रिया