गाैमुल खबर डटकम आइतबार ०२, कार्तिक २०८२ ०२:५०

गौमुल-३ मा (जरा) अभियान देखि अनेम संघको वडा अधिवेशन सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन १०, २०८१
गौमुल-३ मा (जरा) अभियान देखि अनेम संघको वडा अधिवेशन सम्पन्न

बाजुरा ः गौमुल गाउँपालिका-३ मा अखिल नेपाल महिला संघको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार आयोजित एक भेलाबाट सुर्जा विक सहित १३ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

जसमा उपाध्यक्ष मालती बोहरा, सचिव दुर्गा (खड्का) रोकाया, कोषाध्यक्ष ललिता बोहरा र उपसचिवमा मीना बोेहरा चयन भएका छन् ।

अधिवेशनमा नेकपा (एमाले) केन्द्रीय  लेखा आयोग सदस्य बसुन्धरा रोकायाले पार्टीको २३ वटा जनवर्गीय संगठन मध्ये अनेमसंघ पहिलो संगठन भएको बताएकी छन् ।

संगठनलाई चलायमान बनाएर वडाका हरेक गतिविधिमा संलग्न हुन सुझाव दिदैं जिम्म्ेवारी अनुसार काम गर्न आग्रह गरेकी छन् ।

वडा कमिटी अध्यक्ष प्रमिला विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय  लेखा आयोग सदस्य बसुन्धरा रोकाया रहेकी हुन् ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य देवु खाती, गोरख बोहरा, राजिव कुमार रोकाया, अनेम संघ जिल्ला कमिटी कोषाध्यक्ष निर्मला बोहरा, पूर्व जिल्ला कमिटी सदस्य अर्जुन रोकाया समेत सहभागीता थियो ।

३ नम्बर वडा कार्यलयको केन्द्र माझपालीमा सञ्चालन भएको अधिवेशनमा वडाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

(जरा) अभियान सञ्चालन

नेकपा (एमाले) ले सञ्चालन गरेको (जरा) अभियान गौमुल गाउँपालिका–३ मा समेत सञ्चालन गरिएको छ । वडा कमिटीले पार्टीले सञ्चालन गरेको ३ महिने जरा अभियान सफल पार्न कमिटीको बैठक सहित भेलाको आयोजना गरिएको हो । सदस्यता नवीकरण, संगठन विस्तार वडा कमिटीको खाता सञ्चालन पार्टी कार्यलय स्थापना लगायतका निर्णय गरिएको छ ।

वडा कमिटी अध्यक्ष धनबहादुर बोहराको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले) केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया जिल्ला कमिटी सदस्य गोरख बहादुर बोहरा, राजिव कुमार रोकाया, गाउँ कमिटी उपाध्यक्ष वीरेन्द्र बोहरा, उपसचिव निर्मला बोहरा, वडा कमिटीका पदाधिकारी सदस्य लगायत नेता कार्यकर्ताको सहभागीता रहेको थियो । साथै वडा कमिटीका नियमित गतिविधि सञ्चालनका लागि वडा कमिटीको पार्टी कार्यालय स्थापना गरिएको छ ।

प्रतिक्रिया