गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:३८

आज ७५ औं ‘राष्ट्रिय प्रजातन्त्र दिवस’

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन ०७, २०८१
आज ७५ औं ‘राष्ट्रिय प्रजातन्त्र दिवस’

काठमाडौं : आज ७५ औं ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिन्छ।

१०४ वर्षे लामो जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चपदस्थ पदाधिकारी सहभागी हुनेछन्।

कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा  जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया