गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४५
Dho

कृषि क्षेत्रलाई प्राथमिकता दिदैं सूर्यदय बहुउद्देयीय सहकारी संस्था लिमिटेड

अरुको कुरा काट्ने समयलाई सदुपयोग गरी नवीन कुरामा खर्चिन वडा अध्यक्ष प्रकाश रोकायाको अनुरोध
बाजुरा
रमित वि.क.
आइतबार, साउन २१, २०८०
कृषि क्षेत्रलाई प्राथमिकता दिदैं सूर्यदय बहुउद्देयीय सहकारी संस्था लिमिटेड

बाजुरा ः गौमुल गाउँपालिका ६ मा रहेको सूर्यदय बहुउद्देयीय सहकारी संस्था लिमिटेडले शेयर सदस्य तथा वडामा रहेका कृषक समूह मार्फत कृषि क्षेत्रमा प्राथमिकता दिएर अघि बढ्ने भएको छ । 
वडाको प्रत्येक टोलमा रहेका कृषक र कृषक समूहले अनिवार्य तरिकारी उत्पादन गरी आत्मनिर्भेर बनाउने उद्देश्यका साथ आज बृहत छलफल गरिएको सूर्यदय बहुउद्देयीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम बहादुर रोकायाले बताए ।
वडाका सम्पूर्ण विद्यालय तथा बजारमा तरकारीको माग बढेका कारण स्थानीय कृषकहरुलाई तरकारी लगाउने बानीको विकास गर्न कार्यक्रमको आयोजना गरिएको हो । 
आई.एन.एफ नेपालको सहयोगमा तरकारी संकलन केन्द्र निर्माण गरिएको छ । सहकारीले तरकारी, नगदे बाली, फलफूल लगायतलाई व्यवसायीक बनाएर अघि बढ्ने भएको छ ।
प्रत्येक शेयर सदस्यहरुले अनिवार्य रुपमा आफ्नो बारीमा हरियो तरकारी उत्पादन गर्ने प्रतिबद्धता समेत गरेका छन् । सरकारको हरेक बार खाना चारको नीतिलाई अनिवार्य अवलम्बन गरी सहकारी अघि बढेको सचिव धन बहादुर रोकायाले बताए छ ।


मौसमी तथा बेमौसमी तरकारी हरेक कृषकले उत्पादन गरी सहकारीले गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा निर्माण गरेको तरकारी संकलन केन्द्र मार्फत विक्री वितरण गरिने भएको छ । 
गाउँपालिकाको मुकामको वडामै तरकारी कम मात्रामा उत्पादन हुने गरेको व्यापक गुनासो पछि सहकारी यसमा गम्भीरमा रुपमा लागेको हो । वडामा रहेका प्रत्येक घरपरिवारले अनिवार्य आफ्नो बारीमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्नुपर्ने नीति आजको छलफलले निर्णय गरेको छ ।
स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी सहकारीले निर्माण गरेको तरकारी संकलन केन्द्र मार्फत बजारमा पठाईने भएको छ । सहकारीले राम्रो तरकारी उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गरेर अघि बढ्ने भएको छ ।
वडामा गठन गरिएका कृषक समूह नाम मात्रका भएका कारण अबबाट बारीमा तरकारी नलगाउने कतिपय कृषकलाई हरेक सुविधाबाट बञ्चित गरिने निर्णय समेत गरिएको छ । 
आफ्नो उत्पादन नभई बाहिरबाट आयातित तरकारी आफुहरुले विक्री गर्नु परेको तरकारी व्यापारी दल बहादुर रोकायाले बताएका छन् । घट्मुना बजारमा समेत आवश्यकता अनुसार तरकारीको माग संम्बोधन हुन नसक्नु दुर्भाग्य भएको कार्यक्रमका सहभागी स्थानीय व्यवसायीले बताएका छन् ।
बाहिरबाट आयातित तरकारी पूर्ण रुपमा बन्देज गर्न स्थानीय कृषकहरुले उत्पादनमा बढ्वा दिन आई.एन.एफ नेपालका गोविन्द रावलले आग्रह गरेका छन् । 
स्थानीय सरकारले हरेक पटक विभिन्न प्रकारका तरकारीका बीउ बिजन अनुदानमा वितरण गरेर आफ्नो परिवारलाई मात्र भएपनि तरकारी उत्पादन गरी नियमित थिति बसाल्न खोजेको कुरा समेत कार्यान्वयन नहुने गरेको कार्यक्रमका सहभागीहरुले बताएका छन् । 
सूर्यदय बहुउद्देयीय सहकारी संस्था लिमिटेडले कृषकहरुलाई तरकारी उत्पादन गर्न भनेको छ । त्यसपछि तरकारीको मुल्य निर्धारण गरी कृषकको आँगनमा पुगेर तरकारी संकलन केन्द्रमा ल्याईने भएको छ । 
सहकारीले स्थानीय कृषकहरुले उत्पादन गरेका तरकारी आफ्नो संकलन केन्द्र मार्फत बजार निर्यात गर्ने तयारी थालेको छ । बजारको माग अनुसार तरकारी जिल्लामा कहीँ कतै पनि उत्पादन हुन सकिरहेको छैन् ।
अरुको कुरा काट्ने समयलाई सदुपयोग गरी नवीन कुरामा खर्चिन वडा अध्यक्ष प्रकाश रोकायाको अनुरोध
गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकायाले अरुको कुरा काट्ने समयलाई सदुपयोग गरी तरकारी लगाउन आग्रह गरेका छन् ।
शनिबार सूर्यदय बहुउद्देयीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको बृहत छलफल कार्यक्रमको संम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
अरुको रिस, डाह र ईष्र्या गर्ने आफु सिन्को समेत नभाँच्ने प्रवृत्ति वडाका जनताहरुमा देखिएका कारण अबबाट खाली समयमा तरकारी उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका हुन् । 


३ सय भन्दा बढी घरधुरी रहेको वडामा तरकारी केही टोलका कृषकहरुले मात्र लगाउने गरेका कारण सरकारले अनुदानमा हरेक वर्ष दिने गरेको तरकारीको बीउको महत्व समेत कृषकहरुले समाप्त पारेको बताए ।
 अरुको कुरा काट्न बाहेक अन्य कुनै पनि सकरात्मक सोच वडाबासीहरुमा नभएको कारण यसमा गम्भीर रुपमा सच्चिन आवश्यक रहेको बताए ।
समय धेरै परिवर्तन भईसकेको भएपनि वडाबासीहरुका सोच र चिन्तन अझै परिवर्तन हुन् नसकेको प्रति दुःख व्यक्त गरे ।
हरेक जनताको घरमा अनिवार्य हरियो तरकारी उत्पादन गरी प्रयोग गर्नुपर्ने लक्ष्य गौमुल सरकारले लिएको धेरै समय बितिसकेको भएपनि वडाका जनतामा अझै उक्त बानीको विकास नभएको भन्दै चिन्ता व्यक्त गरे ।
एकले अर्कोको रिस, राग र गलत दृष्टिकोणले हेर्ने बानीको मात्र विकास भएका कारण अब हरेक कुरामा व्यापक सुधार हुन् जरुरी रहेको बताए । 
सूर्यदय बहुउद्देयीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष प्रकाश रोकाया रहेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य राजिन्द्रा रोकाया, वडा सदस्य कलक चदाँरा, धना विक, वडाका भद्रभलाद्मी लगायत १ सय ५० बढी वडाबासीको सहभागीता रहेको थियो । गौमुल गाउँपालिकाको सभा हलमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन सचिव धन बहादुर रोकायाले गरेका हुन् । 

प्रतिक्रिया