गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०३:३१

रविले उन्मुक्ति पाएको होइन् पुर्पक्षका लागि थुनामा छोडेको हो : थापा

गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ ३०, २०८१
रविले उन्मुक्ति पाएको होइन् पुर्पक्षका लागि थुनामा छोडेको हो  : थापा

बाजुरा : नेकपा एमाले केन्द्रीय कमिटी सदस्य लाल बहादुर थापाले राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पुर्पक्षका लागि थुनामा छोडेको भनेर बुझ्नु पर्ने बताएका छन् । बुधबार एमाले गौमुल गाउँ कमिटीको पाचौ पूर्ण बैठकमा उनले यस्तोे बताएका हुन् । 

सहकारीको करोडौ रुपैयाँ अपचलन गरेका गोर्खा मिडियाका मालिक रवि धरौटीमा छुट्दा उन्मुक्ति पाएको भन्ने बुझाई गतल रहेको बताएका छन् । धेरैको बुझाई र भाष्य उन्मुति पाएको भन्ने रहेकाले त्यसो नभएर पुर्पक्षका लागि थुनामा छोडेको भनेर बुझ्नु पर्ने बताएका छन् ।

उनले भने कसैलाई धरौटीमा छोड्छ, कसैलाई थुनामै राख्छ, सोहीअनुसार रविलाई छोडेको हो । थापाले अर्को प्रशंगमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीका विरुद्ध अन्य दलहरु झुटो प्रचार र अनावश्यक टिका टिप्पणी गरिरहेका बताएका छन् । 

नेपालमा ठुलो शक्ति पार्टी नेकपा एमाले मात्र हो भनेर, दलहरुले घेराबन्दीका साथ हमला गर्न खोजी रहेकाले यसलाई बचाउन सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन् । 

गैरशैलीमा भईरहेका प्रचारलाई प्रतिवाद गर्दै तलका पंत्तिहरुले समेत पार्टीका सकारात्मक कामसहित सरकारले गरेका विकास निर्माणका कार्यहरुलाई सामाजिक सञ्जालमा व्यापक प्रचार प्रसार गरी जनता माझ पुर्याउनु पर्ने बताए । केपी ओली नेतृत्व सरकार बनिसकेपछि नेपालको आर्थिक वृद्धिदर बढ्नुको साथै विकासले गति लिएको समेत उनकाे दाबी थियाे । 

त्यस्तै नेकपा एमाले बाजुरा जिल्लाका ईन्चार्ज समेत रहेका थापाले ३ महिने जरा अभियानलाई सफल पार्न सबै संगठनहरुले महत्वूर्ण भूमिका खेल्नु पर्ने बताएका छन् । जनताका माझ पुगेर उनीहरुका अपेक्षा, गुनासा र समस्याहरु संकल गरी समाधान तर्फको बाटोमा लैजानमा जोड दिएका छन् ।

अभियानको ३ महिनाको अवधिमा कमिटी तथा व्यक्तिले गरेको कामको मुल्याङ्कन गरिने उनले बताए । प्रभावकारी काम गरेअनुसार नै भोलीको राजकीय क्षेत्रको नेता हुन पाउनु भएकाले उत्कृष्ट काम गर्न आग्रह गरेका थिए ।

सेल्फी खिच्ने युगको अन्त्य गर्ने अभियानमा आफूहरु लागेका बताउँदै तहगत पद्धतिको विकास गर्न तर्फ लाग्न र जनजीवन अनुसार राज्य पुग्नुपर्ने पद्धतिको समेत सुरुवात गर्नुपर्ने बताएका छन् । उनले विरोधी रोगलाई चुनाव भन्दा पहिला नै निर्मुल पार्नमा लाग्न समेत आग्रह गरेका छन् ।

त्यसैगरी बैठकमा नेकपा एमाले लेखा आयोग कमिटी सदस्य बसुन्धरा रोकायाले बैठकमा भएका निर्णयलाई भरपुर कार्यान्वयन गर्न सुझाव दिएकी छन् । पछिल्लो समय कतिपय जिम्मेवारी लिएर पनि विचल्लीत भईरहेकाले जिम्मेवारी अनुसार काम गर्न आग्रह गरिन् ।

रोकायाले संगठित सदस्य मात्र भएर नहुने बताउँदै आफ्नो काम, कर्तव्य वहन गरी मिसन ८४ लाई सफल पार्न पार्टीको नीति, नियम र विधान अनुरुप काम गर्न सुझाव दिएकी छन् । 

प्रतिक्रिया