गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ १०:१३

एमाले गौमुल गाउँ कमिटीको बैठक माघ ३० गते बस्ने

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ २९, २०८१
एमाले गौमुल गाउँ कमिटीको बैठक माघ ३० गते बस्ने

बाजुरा : नेपाल कम्यूनिष्ट पार्टी एमाले गौमुल गाउँ कमिटीको पाँचौ नियमित बैठक माघ ३० गते बुधबार बस्ने भएको छ । एमालेको जरा अभियान केन्द्रीत बैठक बस्ने भएको हो ।

३ महिने जरा अभियानको कार्यायोजना निर्माणका लागि बैठक बस्ने गाउँ कमिटी सचिव धन बहादुर बोहराले बताएका छन् । बैठक गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा विहान १० बजे बस्नेछ । 

बैठकमा ३ महिने जरा अभियान कार्ययोजनासहित अन्य गतिविधिका बारेमा बृहत छफल गरिने बोहराले बताए । गाउँ कमिटीले एक सूचना जारी गर्दै प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटी सदस्य, गाउँ कमिटी पदाधिकारी र सदस्यहरु, वडा कमिटीका अध्यक्षहरुलाई बैठकमा बोलाईएको छ ।

प्रतिक्रिया