बाजुरा ः अखिल नेपाल महिला संघ बाजुराले पालिका अधिवेशन गरिरहेको छ । फागुनभित्रै जिल्ला अधिवेशन सकाउने गरि पालिका अधिवेशन सञ्चालन भइरहेका जिल्ला अध्यक्ष कोपिला सिंहले जानकारी दिएकी छन् ।
मात्रै एकै दिन त्रिवेणी नगरपालिका र बडीमालिकाका नगरपालिकामा पालिका अधिवेशन सकिएका छन् । त्रिवेणी नगरपालिकामा गीता थापा खत्री अध्यक्ष रहने गरी १३ सदस्यीय समिति गठन गरिएको छ ।
भने बडीमालिकामा सुना विक अध्यक्ष रहने गरी १३ सदस्य समिति गठन गरिएको छ । त्रिवेणी नगर कमिटीमा अध्यक्ष गीता थापा खत्री, उपाध्यक्ष रामप्यारी सार्की, सचिव मैनादेवी शाही, सहसचिव अनिता कुमारी बुढा र कोषाध्यक्षमा पुष्पादेवी साउँद रहेका छन् ।
यता बडीमालिका नगरपालिकामा अध्यक्ष सुना विक, उपाध्यक्ष निर्मला विक, सचिव नन्दा विक, उपसचिव निता थापा, कोषाध्यक्ष सुमन विक रहेका छन् । अनेमसंघ नेकपा एमालेमा आस्थावान महिलाहरुको छाता संगठन हो ।
त्रिवेणीको कार्यक्रममा अनेमसंघका केन्द्रीय सदस्य माया कुँवर खड्का प्रमुख अतिथि रहेकी छन् । बडीमालिका नगर कमिटीको अधिवेशन (एमाले) को पार्टी कार्यालयमा आयोजना गरिएको हो ।
कार्यक्रममा अनेमसंघका केन्द्रीय सदस्य बसुन्धरा रोकाया, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली, सचिव काँशी विक, अनमेसंघका नेतृहरु दुर्गा थापा, कल्पना साउँद, नन्दा थापा, माया खड्का सहित अतिथी रहनु भएको थियो ।
प्रतिक्रिया