गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:३९

नेपाल राष्ट्रिय शिक्षक संगठन गौमुलको अधिवेशन सकियो, अध्यक्षमा धामी चयन

गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ १६, २०८१
नेपाल राष्ट्रिय शिक्षक संगठन गौमुलको अधिवेशन सकियो, अध्यक्षमा धामी चयन

बाजुरा : नेपाल राष्ट्रिय शिक्षक संगठन गौमुल गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार पालिकाको केन्द्र घट्मुनामा “शैक्षिक गुणस्तर आजको हाम्रो आवश्यकता, एन.एन.टीए गौमुलको प्रतिवद्धता” भन्ने मुल नाराका साथ सञ्चालन गरिएको अधिवेशनमा नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम इञ्चार्ज तुला बहादुर थापाको प्रमुख आथित्यतामा अधिवेशन सञ्चालन गरिएको थियो । अधिवेशनबाट नेपाल राष्ट्रिय शिक्षक संगठन गौमुलको अध्यक्षमा नरेन्द्र बहादुर धामी निर्विरोध निर्वाचित भएका छन् । धामीको अध्यक्षतामा १३ सदस्यीय कार्यासमिति गठन गरिएको हो । 

जसको उपाध्यक्षमा शिव बहादुर रोकाया, बसन्ती रोकाया, सचिवमा कृष्ण बहादुर रोकाया, सहसचिवमा भरत परी, कोषाध्यक्षमा जनक बहादुर रोकाया, सहकोषाध्यक्षमा कुशा कुमारी धामी चयन भएको निर्वाचन मण्डका संयोजक श्याम बहादुर रोकायाले जानकारी दिएका छन् ।

शिक्षक संगठन सुदूरपश्चिम इञ्चार्ज तुला बहादुर थापाले संगठनलाई बलियो बनाउँन सबैको उत्तिकै भूमिका रहने भएकाले आफ्नो कामसंगै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । 

त्युस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य कलक बहादुर सिंहले शिक्षकहरु पेशाप्रति इमान्दार र समयनुकुल दक्षता हासिल गरी विद्यार्थीको उज्जवल भविष्यका लागि खटिनुपर्नेमा जोड दिएका छन् । जिल्ला कमिटी सदस्य गोरख बहादुर बोहराले आधुनिक प्रविधिसंग जोडिदै सिकाई सहजीकरण गरी विद्यार्थीको क्षमता विकासमा बढी ध्यान दिन शिक्षकलाई आग्रह गरेका छन् । 

अधिवेशनमा शिक्षक संगठन गौमुल गाउँपालिका समितिलाई आर्थिक भौतिक र सांगठनिक रुपमा सहयोग गर्ने ४ जना शिक्षकलाई सम्मान समेत गरिएको छ । संगठनलाई क्रियाशील बनाउँन सहयोग गर्ने कैलासकोटी आविका शिक्षक धन बहादुर रोकाया, धर्मोदय आविका शंकर रोकाया, मानकोट माविका ज्ञान बहादुर रोकाया र लक्ष्मीराज पाध्यालाई सम्मान पत्र प्रदान गरिएको हो ।

निर्वतमान अध्यक्ष नरेन्द्र रोकायाको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम इञ्चार्ज तुला बहादुर थापा रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा नेपाल शिक्षक संगठन बाजुराका अध्यक्ष राम बहादुर रावल, नेकपा एमाले प्रदेश कमिटी सदस्य कलक बहादुर सिंह, जिल्ला कमिटी सदस्य गोरख बहादुर बोहरा, गिता रोकाया, शिक्षक संगठन जिल्ला सचिव धनबहादुर रावल लगायत रहनुभएको थियो ।

प्रतिक्रिया