बाजुरा ः बाजुरा सदरमुकाम मार्तडी नजिकैको शून्य पोइन्टमा रहेको बाउलीगाड अर्थात् ठुलीसाँघुमा पक्की पुल निर्माणको ठेक्का लाग्दा स्थानीय बासिन्दामा खसीको सीमा थिएन् ।
तर अढाई वर्ष बितिसक्दा पनि ठेक्का लागेको उक्त पुलको निर्माण अघि नबढेपछि उनीहरुको चाहना वास्तविकतामा परिणत हुने सम्भावना टाढिएको छ ।
सरकारले स्थानीयको माग अनुसार पक्की पुल बनाईदिने भएपछि त्यहाँका नागरिकमा खुसीको सीमा थिएन् । सरकारले ठेक्का लगाए अनुसार काम अगाडी बढेको भए जिल्लाबासीलाई हालसम्म आवतजावत गर्न सहज हुने विश्वासमा थिए ।
अढाई वर्ष बितिसक्यो, पुल निर्माण अवधिको सम्झौता समय सकिन पनि १ महिना मात्र बाँकी छ तर निर्माणको काम अझै सुरु भएको छैन् । ठेकेदार सम्झौता गरेदेखि हालसम्म बेखबर बनेको महाकाली पुल योजना महेन्द्रनगरका प्रमख विवश बाबु सदादेवले बताएका छन् ।
उनका अनुसार कम्पनीका ठेकेदारसंग पटक–पटक फोन सम्पर्क गर्दा सम्झौताको समयमा काम सक्ने बताएको थियो, तर काम भने अगाडी बढ्न सकेको छैन् । बाउलीगाड अर्थात् ठुलीसाँघु निर्माणको लागि डिकोवल बिल्डर्स प्रा.लि.टंगाल काठमाण्डौंले जिम्मा लिएको थियो ।
१६ करोड २१ लाखमा सम्झौता गरेर हालसम्म ठेकेदारले काम सुरु नगरेको महाकाली पुल योजना महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले बताएका छन् । आफैले ४ पटक पत्राचार गरेको र कार्यालय प्रमुखले आएपछि पनि २ पटक गरी ६ पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको बताएका छन् ।
२०७७ फाुगन १० गते भ्याटसहित डिकोवल बिल्डर्स प्रा.लि.का प्रमुख हाेमनाथ कोइरालाले सम्झौता गरेर गएको बताए । ३० मिटर लम्बाई र ११ मिटर चौडाइको उक्त पुल निर्माण निर्माण हुने भएपछि जिल्लाको तीनवटा स्थानीय तहका नागरिक खुसी भएका थिए ।
वर्षेनी वर्षाद्को समयमा गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकहरु हाल सास्ती खेप्दै आईरहेका छन् ।
यता गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बारम्बार ठेकेदारसंग सम्पर्क गरेको भएपनि काम गर्न आँलटाल गरेको बताएका छन् । तारन्तार फोन गरेर काम गर्न भनेको तर पछिल्लो समय आफ्नो नम्बर नै ठेकेदारले ब्लकमा राखेर बेपत्ता भएको बताएका छन् ।
पछिल्लो समयमा काम नगर्ने ठेकदारबारे पक्की पुलको विषयमा महाकाली पुल योजना महेन्द्रनगरले समेत चाँसो देखाएको छ ।
प्रतिक्रिया