बाजुरा ः नेपाल निजामती कर्मचारी संगठन बाजुराले अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको छ । संगठनको १० औं अधिवेशनले अमरबहादुर रोकायाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरिएको हो ।
संगठन कमिटीको उपाध्यक्षमा गोकर्ण देवकाेटा, प्रमिला थापा, सचिवमा रामप्रसाद पाण्डे, सह–सचिवमा रमेश विक, कोषाध्यक्षमा भरत जैशी रहेका छन् ।
यस्तै जिल्ला कार्य समितिसंगै प्रदेश र केन्द्रीय पार्षद पनि चयन गरिएको छ । शनिबारबाट सुरु भएको १० औं अधिवेशनको उद्घाटन नेकपा (एमाले) केन्द्रीय सदस्य लालबहादुर थापाले गरेका थिए ।
प्रतिक्रिया