बाजुरा ः नेपाल निजामती कर्मचारी संगठन गौमुल ईकाई कमिटीको अध्यक्षमा श्याम रोकाया चयन भएका छन् । शुक्रबार पालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
जसमा अध्यक्ष श्याम रोकाया, उपाध्यक्ष सिर्जना विष्ट (रोकाया) सचिव निशान्त रोकाया, कोषाध्यक्ष रमाया बुढ्थापा (रोकाया) सहसचिव नरबहादुर रोकाया रहेका छन् ।
त्यस्तै सदस्यमा प्रकाश विक, कमला विक, गोरख चदाँरा, राम बहादर रोकाया, लक्ष्मी सिंह, महेश्वर बोहरा चयन भएका छन् । ईकाई कमिटीबाट ५६ जना जिल्ला अधिवेशनका लागि प्रतिनिधि पठाउने गरी निर्णय गरिएको छ ।
कमिटीमा रहेका सम्पूर्ण कर्मचारीहरुलाई सदस्यता नवीकरण गर्ने समेत निर्णय गरिएको छ । कार्यक्रमको सम्बोधन गर्दै नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य तथा गाउँपालिका उपाध्यक्ष सीता थापाले निजामती कर्मचारी सरकारको अभिन्न अंग भएको बताएकी छन् ।
सरकार र कर्मचारीबीच सम्बन्ध सुमधुर रहेकोले जनतालाई मुस्कान सहितको सेवा दिन सधैं तल्लीन हुन् अनुरोध गरेकी छन् । कर्मचारी हकहितका लागि वकालत गर्नुका साथै क्रियाशील रहन निर्वाचित कमिटीलाई आग्रह गरेकी छन् ।
उपाध्यक्ष सिर्जना विष्ट (रोकाया) को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य तथा गाउँपालिका उपाध्यक्ष सीता थापा रहेकी थिईन् ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवंम् वडा अध्यक्ष गोरख बोहरा, अमर विक, प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराका सचिव रमित विक अतिथि रहेकी हुन् ।
गाउँपालिकाको केन्द्र घट्मुनामा सञ्चालन भएको अधिवेशनमा संगठनमा आवद्ध सम्पूर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया