गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:३४

गौमुलमा आगामी माघ २२ गतेबाट एच.पी.भी. खोप लगाईने

स्वस्थ नागरिक बनाउने सपना पूरा हुनुपर्छ उपाध्यक्ष  ः थापा
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ ०९, २०८१
गौमुलमा आगामी माघ २२ गतेबाट एच.पी.भी. खोप लगाईने

बाजुरा ः गौमुल गाउँपालिकामा पालिका स्तरीय एच.पी.भी. खोप अभियानका लागि एक दिने गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको हो । 

स्वास्थ्यकर्मीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध सम्पूर्ण विद्यालयकमा अध्ययनरत कक्षा–६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समहूका छात्रालाई पाठेघरको क्यान्सर विरुद्ध खोप लगाईने भएको छ ।

उक्त विषयमा स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुलाई कार्यक्रममा जानकारी गरिएको स्वास्थय शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् ।

कार्यक्रमको सम्बोधन गर्दै गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले विगतका वर्षमा पाठेघरको क्यान्सरबाट धेरै महिला दिदीबहिनीहरुले समस्या खेप्नु परेका कारण कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।

स्थानीय सरकारतर्फबाट स्वास्थ्यका क्षेत्रमा कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै स्वस्थ नागरिक बनाउने सपना पूरा हुनुपर्ने बताएकी छन् ।

एच.पी.भी. खोपबाट कुनैपनि किशोरी नछुटाउन अनुरोध गर्दै अबबाट पाठेघरको मुखको क्यान्सरबाट कसैलाई समस्या भोग्न नहुनेमा जोड दिएकी छन् ।

कार्यक्रममा डाक्टर कुश नेपाली, स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विक, सिनियर अनमी रमा थापाले सहभागी स्वास्थ्यकर्मीलाई खोपको बारे प्रशिक्षण गरेका हुन् ।

खोप अभियान आगामी माघ २२ गतेदेखि फागुन ६ गते सम्म ६ वटा मावि विद्यालय र सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा सञ्चान गरिने भएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष कलक बहादुर सिंह, अमर विक, गोरख बोहरा, कार्यबाहक वडा अध्यक्ष कलक चदाँरा लगायत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयम सेवीका लगायतको सहभागीता रहेको थियो । 
 

प्रतिक्रिया