गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५५
Dho

गौमुल गाउँपालिकाका ८ वटै मतदान केन्द्रमा ४० कर्मचारी खटिए

मतदान केन्द्रमा पुगे मतदान अधिकृत र सहायक मतदान अधिकृत
बाजुरा
गाैमुल खबर डटकम
मङ्गलबार, बैशाख २७, २०७९
गौमुल गाउँपालिकाका ८ वटै मतदान केन्द्रमा ४० कर्मचारी खटिए

गौमुल गाउँपालिकाका ८ वटै मतदान केन्द्रमा कर्मचारीहरु खटिएका छन् । गाउँपालिकाका ६ वटा वडामा गरी करिव ८ बढी मतदान केन्द्र रहेका छन् । गाउँपालिकाका सबै मतदान केन्द्रमा कर्मचारी खटाईसकेको गौमुल गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतले बताउनुभएको छ । 

६ वटै वडामा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित सहयोगी कर्मचारीहरु खटाएर सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको सहायक निर्वाचन अधिकृत जगदीश प्रसाद भट्टले गौमुल खबरसंग कुरा गदैं बताउनुभयो । 
जसमा गौमुल गाउँपालिका–१ अम्लिस मतदान केन्द्रमा मतदान अधिकृत भरत बहादुर थापा र सहायक मतदान अधिकृत निरज जोशी खटिएका छन् । 

त्यस्तै गौमुल गाउँपालिका–२ को पदमपुर आधारभुत विद्यालयमा (क) मतदान केन्द्रमा मतदान अधिकृत दल बहादुर रोकाया र सहायक मतदान अधिकृत धर्म बहादुर खत्री, (ख) मतदान केन्द्रमा मतदान अधिकृत काँशीचन्द्र पाध्याय र सहायक मतदान अधिकृत राम नाथ खटाईएका छन् ।

No description available.

गौमुल गाउँपालिका–३ माझपालीमा (क) मतदान केन्द्रमा मतदान अधिकृत जमुना सिंह र सहायक मतदान अधिकृत हरिशचन्द्र विक (ख) मतदान केन्द्रमा मतदान अधिकृत भेषराज पण्डित र सहायक मतदान अधिकृत बिमला रोकाया सहित कर्मचारीहरु खटिएका हुन् ।

गौमुल गाउँपालिका–४ निलासैनमा मतदान अधिकृत हरिनारायण कुमार सुर्रेत यादव र  सहायक मतदान अधिकृत कमला कुमारी रेग्मी सहित सहयोगी कर्मचारीहरु रहेका छन् ।  त्यस्तै गौमुल गाउँपालिका–५ मा मतदान अधिकृत विक्रम भट्ट र सहायक मतदान अधिकृत रमा कुमारी थापा सहित सहयोगी कर्मचारीहरु खटिएको बुझिएको छ ।

यसैबीच गौमुल गाउँपालिका–६ मा रहेको वडा कार्यालयको केन्द्र घट्मुनामा समेत सहायक निर्वाचन अधिकृत जगदीश प्रसाद भट्ट र सहायक मतदान अधिकृत शंकर प्रसाद उपाध्यायको टिमलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले खटाएको छ ।
मतदान केन्द्रमा खटाईएका सम्बन्धित कर्मचारीहरु मतदान केन्द्रमा पुगिसकेको गौमुल गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया