गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:५४

भूमि समस्या समाधान आयोग बाजुरामा पुनः जनक बहादुर रोकाया, आयोगले पूर्णता पायो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष २९, २०८१
भूमि समस्या समाधान आयोग बाजुरामा पुनः जनक बहादुर रोकाया, आयोगले पूर्णता पायो

बाजुरा : भूमि समस्या समाधान आयोगले पूर्णता पाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिनुभएको छ ।

आयोगका जिल्ला अध्यक्षमा नियुक्त भएकाहरूको सपथ ग्रहणको कार्यक्रम सोमबार दिउँसो ३ बजे सहकारी प्रशिक्षण केन्द्र नयाँबानेश्वरमा राखिएको छ ।

कतिपय जिल्लामा पार्टी भित्रका आन्तरिक समस्याका कारण अध्यक्षको नाम टुंगिएर पनि आएको छैन । उनहरू पनि सपथग्रहण समारोहमा सहभागी हुनेछन ।

दैनिकीले प्राप्त गरेको सूचीमा ७७ जिल्ला मध्ये केहीमा मात्र अध्यक्षको नाम टुंगिन बाँकी रहेको छ । मन्त्रालय स्रोतले सपथ ग्रहण समारोह अघि सबै नाम टुंगिने जनाएको छ । सोमबार अध्यक्षहरूले सपथ ग्रहण गरेपछि सदस्यमा नियुक्तहरूलाई अध्यक्षले जिल्लामै सपथ गराउनेछन ।

सरकारले यसअघि एमाले नेता हरि रिजालको अध्यक्षतामा आयोग गठन गरेको थियो । जिल्ला अध्यक्षको तलब सुबिधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहको सेवा सुविधा प्राप्त गर्नेछन । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछन ।

यस्तै बाजुराबाट जनक बहादुर रोकाया अध्यक्ष बनेका छन् । नेपाली काँग्रेसका नेता रोकाया यस अघि पनि जिल्ला अध्यक्ष नै थिए । यो पटक पनि सत्ता साझेदार दलले सहमतिमै सदस्य एमालेले पाउने गरि अध्यक्ष काँग्रेसका जनक बहादुर रोकायालाई समर्थन गरेको हो । 

प्रतिक्रिया