बाजुरा : भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेला बस्ने अन्दाजी ३५ वर्षीया रण बहादुर रावत रहेका छन् ।
मंगलबार दिउँसो स्याउला बटुल्ने जंगलमा गएको बेला खप्तड राष्ट्रिय निकुञ्ज नजिक रहेको जंगलमा भालुको आक्रमणबाट गम्भीर भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीलिप कमाुर गिरीले बताएका छन् ।
भालुले रावतको टाउँको, मुख, छाती र बायाँ हात लुछेको छ । गम्भीर घाइते युवकलाई स्थानीय र प्रहरीले लगत्तै अछामको बयालपाटा अस्पतालमा पुर्याएर उपचार भइरहेको बताईएको छ ।
प्रतिक्रिया