गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ १०:४५

कोल्टी बाजुरामा इलाका प्रशासन स्थापन गर्न माग

प्रमित वि.क. प्रमित वि.क.
शनिबार, पुष २०, २०८१
कोल्टी बाजुरामा इलाका प्रशासन स्थापन गर्न माग

बाजुरा : बाजुराको कोल्टीमा इलाका प्रशासन स्थापन गर्न माग गरिएको छ । नेकपा एमाले बाजुराले कोल्टीमा इलाका प्रशासन स्थापन गर्न माग गर्दै सिंहदरबार काठमाण्डौ गहृमन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।

शुक्रबार संविधानसभा सदस्य डबल बहादुर सि नेतृत्वको टोलीले कोल्टी क्षेत्रका ४ वटा पालिकाका नागरिकलाई प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह इलाका प्रशासन स्थापना गरी सहज गरिदिन मागसहितको ज्ञापनपत्र गृहमन्त्री रमेश लेखकलाई बुझाएका हुन् । 

नागरिकको घरदैलोमै सरल, सहज, सुलभ र गुणस्तरीय सेवा पुर्याई संघीयताको अनुभूति गराउँन इलाका प्रशासन स्थापना गर्नुपर्ने उनीहरुको भनाइ छ । गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउँदै कोल्टीमा इलाका प्रशासन स्थापना गरेपछि बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाका नागरिकलाई नागरिकता तथा राहदानी लगायत प्रशासनबाट उपलब्ध गरिने अन्य सेवाहरु लिन सहज हुने र शान्ति सुरक्षाको प्रत्याभूति हुने बताएका छन् ।

भौगोलिक विकटताले गर्दा त्यहाँका नागरिकले ठुलो समस्या भोग्दै आएका र अब त्या समस्या हल गर्न गृहमन्त्रालयमा माग गरिएको संविधान सभा सदस्य डबल सिले बताएका छन् । माथिल्लो भेगका बासिन्दाले नागरिकता, राहदानी लिनकै लागि जिल्ला सदरमुकाम मार्तडी आउने गरेका छन् ।

४० प्रतिशत बासोबास गर्ने कोल्टी क्षेत्रका बासिन्दाहरुले प्रशासनको सेवा सुविधा लिन हरेक व्यक्तिले ५ हजारदेखि १० हजारसम्म भाडा खर्च र २ देखि ३ दिनसम्म समय जुटाउनु पर्ने बाध्यता रहेको छ । यसलाई मध्येनजर गरी कोल्टीमा इलाका प्रशासन स्थापन गर्न ज्ञापनपत्र मार्फत माग गरिएको उनको भनाइ छ । 

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले दुर्गगमका नागरिकलाई गुणस्तरीय तथा सहज सेवा उपलब्ध गराउँनेमा आफूहरु सचेत रहेको बताउँदै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको सभासद भगत सिंहले बताएका छन् ।

त्यस्तैगरी  सुदुरपश्चिम प्रदेशमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, सेती लोकमार्ग, महाकाली करिडोर तथा रारालाई बाजुरा हुँदै खप्तड जोड्ने सडका कामहरु कार्यान्वयन गर्ने विषय शुस्त अवस्थामा रहेकाले कार्यान्वयनमा बढी जोड दिन समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

माग सहितको ज्ञापनपत्र बुझाउन संविधान सभा सदस्य डबल बहादुर सी, सञ्चारकर्मी रमेश महतारा, नैन बहादुर बुढा र शैलेन्द्र उपाध्याय, कुशल विक, धिर विक लगायतकोे सहभागीता रहेको थियो । कोल्टीमा इलाका प्रशासन स्थापन गर्न वर्षौदेखि राजनीतिक दलहरुले माग गर्दै आएको भएपनि हालसम्म सुनुवाई भने हुन सकेको छैन् ।  

प्रतिक्रिया