गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:०१
Dho

सिन्धुपाल्चोक माओवादीमा ठूलो बिद्रोह, वाइसिएल जिल्ला इञ्चार्जको नेतृत्वमा सिंगो टीम एमालेमा प्रवेश

गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २२, २०७९
सिन्धुपाल्चोक माओवादीमा ठूलो बिद्रोह, वाइसिएल जिल्ला इञ्चार्जको नेतृत्वमा सिंगो टीम एमालेमा प्रवेश

सिन्धुपाल्चोक : सभामुख अग्नि सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रभित्र ठूलो बिद्रोह भएको छ ।

परिवारवाद लादेको भन्दै असन्तुष्ट रहेका माओवादीका प्रभावशाली युवा नेताहरु सो पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन । माओवादी भातृ संगठन वाइसिएलका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इंचार्ज सुरेश राना ‘योगदान’ को नेतृत्वमा सिंगो ठुलोसिरुवारीका युवाहरू नेकपा एमालेमा समाहित हुनुभएको हो ।

उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा पार्टीमा स्वागत गर्नुभएको छ । एमाले प्रवेश गरेपछि नेता रानाले माओवादी केन्द्र परिवारको कोटरीमा परिणत भएको र कम्युनिष्टबिरोधी कित्तामा पुगेकोले एमालेमा समाहित भएको बताउनु भयो ।

प्रतिक्रिया