गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०२:५९

गौमुल गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न, प्रस्तावित बजेट प्रक्षेपण

हालसम्म १९ दशमलव ११ प्रतिशत बजेट खर्च
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष ०९, २०८१
गौमुल गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न, प्रस्तावित बजेट प्रक्षेपण

बाजुरा : गौमुल गाउँपालिकाले आफ्नो हिउँदे गाउँ सभा विभिन्न नीति तथा कार्यक्रमका साथ सम्पन्न भएको छ । मंगलबार हिउँदे गाउँसभाले गाउँपालिकाको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक, खर्चतर्फको प्रगति बारे जानकारी गरिएको छ ।

एक दिनका लागि सञ्चालन भएको गाउँ सभाले ऐन, नियम, नियमावली र निर्देशिका पारित गर्दै कानुनी बाधा–अड्चन समेत फुुकाएको हो ।

यसवर्षको खर्चतर्फ चालुखर्च तर्फ विनियोजन २६ करोड ३७ लाख ६५ हजार रूपैया मध्ये खर्च ६ करोड ६० लाख ६३ हजार ८ सय ८९ रूपैया ८७ पैसा खर्च भएको छ भने कुल विनियोजनको २५ दशमलव ०५ प्रतिशत खर्च भएको छ ।

त्यसैगरी पुँजीगत खर्चतर्फ विनियोजन भएको १०  करोड १८ लाख ६२ हजार मध्ये ३८ लाख २९ हजार ४ सय ३८ रूपैया ८० पैसा खर्च भएको छ । जुन विनियोजनको ३ दशमलव ७६ प्रतिशत भएको छ ।

हाल सम्मको कूल खर्च रु ६ करोड ९८ लाख ९३ हजार ३ सय २८ रुपैया ६७ पैसा खर्च भएको छ । जुन विनियोजनको १९ दशमलव ११ प्रतिशत रकम खर्च भएको गाउँ सभा सदस्य सीता थापाले प्रस्तुत गरेकी हुन् ।हिउँदे गाउँसभाले आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि प्रस्तावित बजेट प्रक्षेपण गरेको छ ।

जसमा प्रस्तावित आयतर्फ ४२ करोड ७१ लाख ८९ हजार ७ सय, जसमा आन्तरिक आम्दानी ६० लाख, संघिय सरकारबाट अनुदान ३४ करोड २९ लाख ७० हजार १ सय, प्रदेश सरकारबाट अनुदान ७ करोड ८२ लाख १९ हजार ६ सय गरिएको छ ।

यस्तै व्ययतर्फ अनुमानित चालु खर्च २९ करोड ५१ लाख ४१ हजार ५ सय, पुँजीगत खर्च १३ करोड २० लाख ४८ हजार २ सय, क्षेत्रगत प्रस्तावित बजेट प्रक्षेपण छ ।

यसैबीच आर्थिक विकास तर्फ ३ करोड ५३ लाख ७६ हजार, सामाजिक विकासतर्फ १३ करोड १० लाख ५४ हजार, पूर्वाधार विकास तर्फ रु ६ करोड ३२ लाख ४८ हजार २ सय, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ९७ लाख ३९ हजार ४ सय, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १७ करोड ७७ लाख ७२ हजार १ सय रुपियाँको प्रक्षेपण गरिएको छ ।

सभामा प्रस्तुत भएका नीति कार्यक्रम र प्रक्षेपण गरिएको बजेट सभामा सभाअध्यक्ष हरि बहादुर रोकायाले निर्णायार्थ पेश गरेसंगै सभाका बहुमत सदस्यले पास गरेका हुन् ।

दोस्रो गाउँ सभाको छैटौं अधिवेशनमा गाउँ सभाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट लगायत कर्मचारी र पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया