गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३४
Dho

एमाले बडीमालिका ९ को प्रतिवद्धता

गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २२, २०७९
एमाले बडीमालिका ९ को प्रतिवद्धता

नेकपा एमाले बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कमिटीले वडा नं. नौं, सुखी र समृद्ध मौं भन्ने मुल नाराका साथ ६ पृष्ठ लामो प्रतिवद्धता पत्र तयार गरेर सार्वजनिक गरेको छ ।

एमाले बडीमालिका ९ नम्वर वडा कमिटीले आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडाबाट बनेका उम्मेदवारहरु विजयी भएपछि आगामी ५ वर्ष भित्र वडामा गर्ने कार्य योजना अनुसारको प्रतिवद्धता पत्र एक अनौपचारिक कार्यक्रमका विच बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

जिल्लाका ९ वटा स्थानीय तहमा रहेका विभिन्न पार्टीहरुले पालिका अन्तरगतका प्रतिवद्धता पत्र सार्वजनिक गरेका भएपनि वडाहरुका भने प्रतिवद्धता पत्र हाल सम्म पनि कुनै वडाले तयार गर्न सकेका छैन् ।तर जिल्लाका ९ वटै स्थानीय तहका ६९ वटा वडा मध्ये नेकपा एमाले बडीमाालिका ९ नम्वर वडा कमिटीले भने पहिलो पटक वडाको पाँच वर्षे प्रतिवद्धता पत्र तयार गरेर सार्वजनिक गरेको वडा अध्यक्षका उम्मेदवार सुर्यकिरण विकले बताएका छन् ।

नेकपा एमाले बडीमालिका नगर कमिटीले तयार गरेको समग्र नगरपालिकाको प्रतिवद्धता पत्रलाई नै आधार मानेर वडाको छुट्टै प्रतिवद्धता पत्र तयार गरेको बताईएको छ ।

एमाले जिल्ला कमिटी बाजुराका सदस्य तथा वडाका पूर्व अध्यक्ष काल्चे दमाईको आथित्यतामा गरिएको प्रतिवद्धता सार्वजनिक कार्यक्रममा प्रतिवद्धता पत्रमा उल्लेख गरिएका बुँधाहरुलाई नेकपा एमाले बडीमालिका ९ का निर्वाचन परिचालन कमिटीका संयोजक बसन्त विश्वकर्माले पत्रकार सम्मेलन मार्फत जानकारी गरेका थिए ।

वडाको प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमालेबाट बडीमालका ९ का वडा अध्यक्षका उम्मेदवार सुर्यकिरण विक लगायत वडा सदस्यका उम्मेदवारहरु, बडीमालिका ९ का कार्यवाहक वडा अध्यक्ष लालचन्द नेपाली लगायत जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

हेर्नुहोस प्रतिवद्धता पत्र

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया