बाजुरा ः नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी भएकी छन् । सोमबार सम्पन्न निर्वाचनमा उनले शेरबहादुर मल्ललाई ४४ मतको अन्तरले हराउँदै विजयी भएकी हुन् । ४ सय १२ मतमध्ये मलासीले २ सय १५ मत प्राप्त गरेकी थिइन् भने मल्लले १७१ मत ल्याएका थिए ।
मलासी नेकपा एमालेका नेता भीम रावल निकट मानिन्छन् भने मल्ल केपी ओली निकट नेताका रूपमा चिनिन्छन् । त्यस्तै उपाध्यक्ष पदमा खगेन्द्र बडैला विजयी भएका छन् । उनले १११ मत प्राप्त गर्दै सबै प्रतिस्पर्धीलाई पछि परेका छन् ।
यो पदका लागि गणेश विष्टले १ सय ७, लक्ष्मण मलासी ९७, र चक्रबहादुर घर्तीले ५८ मत प्राप्त गरेका छन् । सचिव पदमा मलासी प्यानलका उम्मेदवार पदमबहादुर भट्टले २३७ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी धनबहादुर नेपालीले ११९ मत प्राप्त गरे भने झलक पालीले ६८ मत मात्र पाएका छन् । (खुला) पदमा मञ्जु प्यानलका डम्मर डौडीले १५२ मत प्राप्त गर्दै विजय हाँसिल गरेका छन् ।
मल्ल प्यानलका बमबहादुर बमले १२३ मत प्राप्त गरे भने कृष्णकुमार खडका ६७ र कृष्ण दर्लामीले ३४ मतमा सीमित बन्न पुगेका छन् । उपसचिव (समावेशी) पदमा मञ्जु प्यानलकी बिस्ना सिंहले २ सय ८ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी ससी सोपले १४६ मत प्राप्त गरेकी छन् ।
अध्यक्ष, उपसचिव (खुला) र उपसचिव (समावेशी) मा मञ्जु प्यानलका उम्मेदवारहरूले जित हाासिल गरेका छन् । सचिव पदमा पनि मलासी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया