गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५२
Dho

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेसको चेतावनी

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख १६, २०७९
बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेसको चेतावनी

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेसले चेतावनी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध वागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

हेर्नुस् प्रेस विज्ञप्ति-

प्रतिक्रिया